कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को विराटनगरमा परिचर्चा

१६ चैत ७४, शनिबार

विराटनगर, चैत १७
कवि भीष्म उप्रेतीको कवितासङ्ग्रह ‘आधा उज्यालो’को आज विराटनगरमा परिचर्चा गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उप्रेतीको नवौं कवितासङ्ग्रह ‘आधा उज्यालो’माथि परिचर्चा गरिएको हो ।

 

संग्रहका विषयमा धारणा राख्दै कवि मनु मञ्जिलले भीष्म उप्रेतीको लेखन शैली आफैंमा लोभलाग्दो किसिमको भएको बताए । नेपाली कविता साहित्यमा उप्रेतीले आफ्नो छुट्टै पहिचान स्थापित गरेको उनको भनाइ थियो ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि सीमा आभासले ‘आधा उज्यालो’ सङ्ग्रहका कविताले पाठकलाई सहजै आकर्षित गर्ने बताए ।

उनले उप्रेतीका कविता पढ्दा रसबरी चपाएजस्तो महसुस हुने विचार राख्नुभयो । कार्यक्रममा कवि उप्रेतीले ‘मृगतृष्णा’, ‘पानी’, ‘स्वतन्त्रता’, ‘मित्र’, ‘पवित्र वागमती नदी’, ‘रहर’, ‘दृश्यचित्र’ र ‘भूल’ शीर्षकका कविता वाचन गरेका थिए ।

Advertisement

काठमाडौं बसेर साहित्य सिर्जनामा सक्रिय उप्रेतीका कविता, निबन्ध, नियात्रा र उपान्यास गरी १८ वटा कृति प्रकाशित छन् । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, कविराज न्यौपाने, नारायण तिवारीलगायतले सङ्ग्रहका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top