१४ जेष्ठ, एजेन्सी । जर्मन बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।
गएराति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
उपाधिको अर्को दाबेदार क्लब डर्टमण्डको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जोसुवा किमिचले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना थप बलियो बनाएको छ । बायर्नले डर्टमण्डविरुद्धको अंक दूरी ७ अंकको बनाएको छ ।
बायर्नको २८ खेलबाट ६४ अंक रहेको छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक छ ।