बाँकेमा १७० जना संक्रमित डिस्चार्ज भए

३० जेठ ७७, शनिबार

३१ जेष्ठ, नेपालगञ्ज ।
बाँकेमा धमाधम कोरोना संक्रमित घर फर्किरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार अहिलसम्म एक सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । निर्देशिकामा १४ दिन अस्पतालको आइसोलेशन वा आइसोलेसन सेन्टरमा बसेका संक्रमितलाई पुनः जाँच नगरी घर पठाउन सकिने उल्लेख छ ।

त्यही निर्देशिकालाई टेकेर बाँकेमा १४ दिन पुगेका संक्रमितलाई घर पठाउने काम भइरहेको छ । पछिल्लो पटक डुडुवाका आठजना डिस्चार्ज भएका छन् । डुडुवामा सुरुवाति चरणमा कोरोना भाइरसको संक्रमण देखिएकाहरु घर फर्किएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले डुडुवामा आठजना डिस्चार्ज भएसँगै बाँकेमा एक सय ७० जनाले कोरोनालाई जितेको जानकारी दिए । उनका अनुसार, अब जिल्लामा एक सय २५ जना संक्रमित उपचारमा छन् । उनीहरुको १४ दिन पुगेको छैन ।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै बजार खोलिसक्दा र पुनः जाँच नगरी संक्रमितलाई घर पठाउँदा एकथरीले जोखिम बढ्न सक्ने आँकलन गरेका छन् । तर, विश्व स्वास्थ्य संगठनले १४ दिन आइसोलेशन अस्पताल वा आइसोलेशन सेन्टरमा बस्दा लक्षण नदेखिएका संक्रमितमा भाइरस बृद्धि नहुने र उसबाट अरुमा नसर्ने दाबी गरेको छ

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार काम गर्न आठवटै पालिकामा परिपत्र गरेको छ । अब पालिकाले आफ्नो ठाउँमा भएको आइसोलेशन अस्पताल वा आइसोलेशन सेन्टरमा बसेका व्यक्तिलाई १४ दिन पुगेपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा घर पठाउन सक्ने फोकलपर्सन श्रेष्ठले बताए ।

पालिकाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई सुरुमा आरडीटी गर्ने र पोजिटिभ देखिएमा पीसीआर जाँचका लागि स्वाब लिने र नेगेटिभ देखिएमा घर पठाइने गरिरहेका छन् । बाँकेमा हालसम्म ५ हजार ७ सय २४ जनाको आरडीटी र चार हजार नौ सय ५२ जनाको पीसीआर जाँच भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top