NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी मङ्लबार असार ३१ , २०८२
आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’ मङ्लबार असार ३१ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने सोमवार असार ३० , २०८२
लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना सोमवार असार ३० , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी सोमवार असार ३० , २०८२
Next
Prev

समाचार

शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

बुधबार चैत्र २८ , २०७४
A A
Advertisement
शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, २८ चैत ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गरेका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा क्षेत्रको सुधारका लागि १० विषयका विभिन्न बुँदामा पाँच वर्षवर्षे मार्गचित्र प्रस्तुत गरेका हुन् ।

मन्त्री पोखरेलले शिक्षालाई जीवनउपयोगी बनाउनका लागि आफूले पाँच वर्षमा गर्नसक्ने कामको मार्गचित्र प्रस्तुत गरेको बताए ।
उक्त मार्गचित्रमा नीतिगत र कानूनी आधार निर्माण, संरचनागत तथा सांगठनिक सुधार, प्रारम्भिक बालशिक्षा, हामी सबैको प्रतिबद्धता, सार्वजनिक शिक्षाको गुणस्तरियता, निजी शिक्षाको नियमन, उच्च शिक्षा, खुला शिक्षा र जीवन्त पर्यन्त सिकाइ, विज्ञान तथा प्रविधि र सुशासन तथा व्यवस्थापनलगायतका विभिन्न विषयलाई समेटिएका छन् ।

Advertisement

शिक्षालाई समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माण र संघीय व्यवस्था अनुकूल शिक्षा नीति ६ महिनाभित्र सम्पन्न गर्ने, कक्षा १ देखि १२ सम्मको शिक्षालाई अनिवार्य गरी क्रमशः निःशुल्क बनाउँदै उच्च शिक्षालाई अनुसंन्धनात्मक र नवप्रवर्तनात्मक बनाउने, मुलुकको अर्थतन्त्रको समृद्धिका लागि आवश्यकपर्ने वौद्धिक, प्राविधिक तथा सामाजिक सबैखाले श्रमशक्तिको विकासमा अधिकतम ध्यान पु¥याउने, विज्ञान र प्रविधिलाई नेपाली जीवन पद्दतिसँग जोड्ने विषयवस्तुलाई पनि मार्गचित्रमा समेटिएका छन् ।

यसैगरी मार्गचित्रमा सबै प्रदेशमा एउटा आवासीय मातृभाषा विद्यालय स्थापना गर्ने, विद्यार्थीको रुचि, क्षमता र वौद्धिकतालाई सम्बोधन गर्न कला, खेलकूद लगायतका विशिष्टिकृत विद्यालयको स्थापना गर्ने, शिक्षण सेवालाई गुणस्तरीय बनाउन विद्यालयको भौगोलिक अवस्थिति, विद्यार्थी संख्या र विषयगत आवश्यकताका आधारमा शिक्षक दरबन्दी पुनवितरण र आवश्यक थप दरबन्दी सिर्जना गर्ने ,शिक्षामा सूचना तथा सञ्चार प्रविधिको पहुँच पु¥याउन सबै विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा पु¥याउने रहेका छन् ।
त्यस्तै विद्यालयलाई हरित क्षेत्र बनाउनका लागि ‘एक विद्यालय एक बगैँचा कार्यक्रम’ ल्याउने, नेपाली कला, संस्कृति साहित्यलगायत पहिचानमूलक विषय अनिवार्य रुपमा राष्ट्रभाषामा अध्ययन अध्यापन गर्ने व्यवस्था गरिने, निजी विद्यालयले १० जना विद्यार्थी बराबर एकजना विपन्न तथा गरीब विद्यार्थीलाई छात्रवृतिसहित अध्यापन गराउने व्यवस्था लागू गर्ने, कम्पनी अन्तर्गत सञ्चालित संस्थागत विद्यालयलाई गुठी वा सहकारीमार्फत सञ्चालन गर्ने, सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि जनशक्ति आपूर्ति गर्न विशेष स्वयंसेवा सञ्चालन गरिने लगायतका कार्यक्रम रहेका मार्गचित्रमा उल्लेख छ ।

यसैगरी विश्वविद्यालयलाई राष्ट्रिय तथा प्रादेशिक विश्वविद्यालयमा वर्गीकरण गरिने, विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धात्मक पद्दति अवलम्बन गरिने, सूचना, प्रविधि, पर्यटन, जडीबुटी, खेलकुद, पूर्वाधार विकाससँग सम्बन्धित जनशक्ति उत्पादनका लागि उच्च शैक्षिक संस्था र विश्वविद्यालय स्थापना गरिने, दुई वर्षभित्रमा साक्षर नेपाल घोषणा गर्ने, खुला विद्यालय शिक्षालाई कक्षा १२ सम्म विस्तार गरिने, हरेक स्थानीय तहमा ई–लाइबे्ररी र ई लर्निङ सेन्टर स्थापना गरिनेलगायत विषयवस्तुलाई मार्गचित्रमा समेटिएको मन्त्री पोखरेलले जानकारी दिए ।

मार्गचित्रमा विज्ञान तथा प्रविधिलाई प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षासम्म जोड्ने, गुरुकूल, बिहार, गुम्बा, मदरसा, खुला एवं वैकल्पिक शिक्षा कार्यक्रमलाई राष्ट्रिय योग्यता प्रणालीसँग आवद्ध गरिने, विज्ञानलाई हरेक प्रकार वा विधासँग जोड्ने लगायतका रहेका छन् ।

यस्तै कार्यसम्पादन सूचकका आधारमा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने निकाय तथा व्यक्तिलाई थप प्रोत्साहन उपलब्ध गराइने, मन्त्रालयबाट प्रदान गरिने सेवालाई विद्युतीय प्रविधिमार्फत छिटो छरितो, पारदर्शी बनाइने, द्वन्द्वका कारण विस्थापित शिक्षकको व्यवस्थापन गर्ने सम्बन्धमा जाँचबुझ समितिको प्रतिवेदनका आधारमा विस्थापित शिक्षकको समूचित व्यवस्थापन गरिने, हरेक स्थानीय तहमा खटिएका सूचना प्रविधिलाई सामुदायिक विद्यालयको तथ्यांक डिजिटल डाटावेस बनाइ राख्न लगाइने लगायतका कार्यक्रम रहेका छन् ।

मन्त्री पोखरेलले प्रस्तुत गरिएका मार्गचित्रको कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने बताए ।
रासस

लोकप्रीय

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’

मङ्लबार असार ३१ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२

विचार

थप समाचार

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी
अन्तर्राष्ट्रिय

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना
अन्तर्राष्ट्रिय

लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना

सोमवार असार ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’

मङ्लबार असार ३१ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

सोमवार असार ३० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.