×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

चौरजहारी घटनामा ३४ जनाविरुद्ध मुद्दा,सामूहिक हत्या भएको प्रहरी निष्कर्ष

३२ जेष्ठ २०७७

३२ जेठ, जाजरकोट ।
पश्चिम रुकुमको सोती गाँउमा ६ जना युवकको ज्यान गएको घटनामा जिल्ला अदालतमा ३४ जना विरुद्ध मुद्दा दायर भएको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रूरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसूरमा मुद्दा दर्ता गरिएको हो ।

उनका अनुसार ३४ मध्ये २ जनालाई बालिबालिकाको श्रेणीमा राखि कारबाहीको माग गरिएको छ । यसअघि प्रहरीले रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले अनुसन्धानबाट भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको भेटिएको किटानी गरेको छ । नदीमा हाम फालेको व्यक्तिलाई पनि ढुंगा हानेको प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement

घटनाका प्रतिवादी ३४ मध्ये २९ जना पक्राउ परिसकेका छन् भने ५ जनालाई फरार प्रतिवादी बनाइएको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाईलगायतलाई प्रतिवादी बनाएको छ ।

मृतक नवराज र उनकी प्रेमिका भनिएकी मल्ल थरकी युवतीबीच पहिले राम्रो सम्बन्ध भएपनि पछिल्लो समय बिग्रिएको पनि प्रहरीको अनुसन्धानमा छ । स्थानीयसँग विवाद भएपछि युवतीको गाउँमा पुगेको समूह भागे पनि उनीहरुलाई छेक्न तल मान्छे राखिएको पाइएको पनि जनाइएको छ ।

Advertisement
Advertisement

जेठ १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर-८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसक्रममा केटी पक्षको आक्रमणमा परी ६ जना मारिएका थिए । मारिनेमा नवराज, टीकाराम सुनार, गणेश बुढा लगायत ६ जना छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top