जडीबुटी खेतीमा रमाउँदै टीकापुरका किसान

५ असार ७७, शनिबार

६ असार, लम्की ।

कैलाली टीकापुरका किसानले बहुउपयोगी जडीबुटी मेन्था र मेथीक्रिया (केमोमाइल)खेती गरेर राम्रो आम्दानी लिन थालेका छन् । यहाँका किसानले हिउँदे खेती स्याहारेपछि बाँझो रहेको जमिनमा सो खेती गर्छन् । बाँझो जमिनको प्रयोग र बिक्री गर्न समस्या नहुने भएपछि सो खेतीतर्फ आकर्षित भएका हुन् ।

एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ । मेन्थाबाट प्रशोधित तेल रु। एक हजार ५० रुपैँयामा बिक्री हुन्छ भने केमोमाइल रु। १९ हजार प्रतिकिलोमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टीकापुरले खरिद गर्ने गरेको छ ।

Advertisement

‘मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ’, कम्पनीका शाखा प्रमुख कमल बेल्वासेले भने- ‘सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ ।’ प्रशोधित तेल आफ्नै जडीबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको उनले बताए । ‘केमोमाइलबाट प्रशोधित तेल भने विदेशमा खपत हुने गरेको छ’, उनले भने– ‘‘मेन्था र केमोमाइलबाट उत्पादित तेल दर्जनौँ औषधि तथा चकलेटमा प्रयोग हुन्छ ।’

कम्पनीले यस क्षेत्रका किसानलाई ती जडीबुटीका विरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । कम्पनीले उत्पादित जडीबुटी पनि आफैँले खरिद गरिदिने गरेकोले खेतीतर्फ किसानको आकर्षण बढेको हो । यस वर्ष टीकापुरमा केमोमाइल ५० केजी मात्र उत्पादन भएको छ । यस वर्ष टीकापुरमा ६० विघामा मेन्था र ५५ विघामा केमोमाइल खेती गरिएको थियो । अघिल्लो वर्ष ३५ विघामा केमोमाइल र ४० विघामा मेन्था खेती भएको कम्पनीले जनाइएको छ ।

Advertisement

गर्त बर्षको तुलनामा केमोमाइल उत्पादन ५० प्रतिशत कमी भएको किसानको गुनासो छ । कोरोना सङ्क्रमका कारण तयार भएको जुडीबुटी स्याहार्न नपाउँदा किसानले क्षति बेहोर्नु परेको हो । यसबर्ष कम्पनीले अनुमान गरे बराबरको क्यामोमाइल उत्पादन भएन । कम्पनीले १५० केजी केमोमाइल तेल उत्पादन हुने अनुमान गरेको थियो तर ५० केजी मात्रै उत्पादन भयो ।

लकडाउनका कारण किसानले खेती स्याहार्न नसक्दा यस वर्ष घाटा भएको टीकापुर–१ का कृषक राधेश्याम चौधरीले बताए । ‘लकडाउनले समयमै खेती स्याहार्न पाएनौँ जसले उत्पादनमा कमी आयो’, उनले भने– ‘लकडाउनको समयमा कम्पनी पनि केही दिन वन्द थियो । त्यसैले किसान र कम्पनी दुबैलाई केही नोक्सानी भएको छ ।’

कम्पनीका अनुसार यस वर्ष मेन्था भने दुई टन (२ हजार किलो) उत्पादन भएको छ । यतिखेर किसानले मेन्था प्रशोधन गरिसकेका छन् । मेन्था खेती स्याहारेपछि किसानले धान खेती गर्छन् । यहाँका किसानले दुई कठ्ठादेखि दुई विघासम्म खेती गरेका छन् । ‘‘खेती बाँझो रहने समयमा जडीबुटी रोपेर आम्दानी लिइरहेका छौँ’, टीकापुर वनगाउँको बीचकापुरुवाका किसान राजेन्द्र चौधरीले भने– ‘‘यो खेतीमा विषादी प्रयोग गर्नु पर्दैन । यसमा सिँचाइको सुविधा भए पुग्छ । जडीबुटीलाई गाइबस्तुले पनि खासै नोक्सान गर्दैनन् ।’

प्रशोधन कम्पनीसँग जुडिबुटी प्रशोधन गर्ने दुई थान मेशिन थिए । खेती गर्ने किसान बढेपछि जडिबुटी प्रशोधन कम्पनीले थप चार मेसिन बढाएर छ पु¥याएको छ । जडीबुटी खेती अन्नबाली भन्दा सजिलो र नगदेबाली भएकोले किसानको आकर्षण बढेको उनीहरुको भनाइ छ । परशुराम चौधरीले तरकारी खेती गर्नुभन्दा जडीबुटी सजिलो भएकोले मेन्था खेती गर्न थालेको बताए । उनले यस वर्ष आठ कठ्ठा जमिनमा मेन्था लगाएका थिए । ‘आठ कठ्ठामा ३२ किलो मेन्था उत्पादन भयो । सिँचाइको सुविधा भएमा कम लागतमा बढी आम्दानी लिन सकिन्छ’ उनले भने– ‘जडीबुटी खेती गर्दा बजारसमेतको समस्या नभएकोले सहज भएको छ । बजार आफैँ खोज्नुपर्दैन, कम्पनीले जडीबुटीको बीउ पनि दिन्छ र उत्पादन पनि आफैँले किनिदिन्छ ।’

कम्पनीले स्थानीयलाई रोजगार पनि दिएको छ । कम्पनीको टीकापुर शाखामा नियमितरुपमा ३० जना दैनिक ज्यालादारीमा र सात जना स्थायी कर्मचारी छन् । औद्योगिक क्षेत्रमा तीन हेक्टर जमिनमा जडीबुटी उद्योग सञ्चालनमा छ । जडिबुटी उद्योगसँग रहेको छ वटा प्रशोधन मेशिन दैनिक १६ घण्टा चल्छन् । ‘कम्पनीले दैनिक ५० टन जडिबुटी प्रशोधन गर्न सक्छ’, उनी भन्छन्- ‘जेठ र असारमा मेन्था, फागुन र चैतमा क्यामोमाइल प्रशोधन गरिन्छ । अन्य समयमा कोरा जडिबुटी सङ्कलनको काम गर्छौं ।’

पछिल्लो समय स्थानीय तहले पनि जडीबुटी खेती गर्ने किसानलाई सघाउने नीति लिएका छन् । लम्कीचुहा नगरपालिकाले जुडीबुटी खेती गर्न चाहने किसानलाई आवश्यक अनुदान दिने जनाएको छ । ‘जडीबुटी गर्न चाहने किसान आएमा हामी लगानी गर्न तयार छौँ’, नगर प्रमुख महादेव बजगाईले भने– ‘‘किसानले योजना ल्याएमा अनुदान दिन्छौँ ।’–दुर्गा देवकोटा/रासस

Advertisement

भर्खरको समाचार

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top