×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विज्ञ भन्छन्– सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून

१५ असार २०७७

१५ असार, चितवन ।

अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ । उनले भने– ‘त्यस्तो ठाउँ नेपालमा छैन । यस दृष्टिकोणले सो कीरा फैलिने सम्भावना कम रहेको छ ।’

वातावरणीय प्रभावका कारण थप अनौठो नभएमा सलह उपयुक्त प्रजनन् क्षेत्रतर्फ फर्किने अनुमान समेत गरिएको छ । उनले भने– ‘नेपालमा ती कीरा फट्याङग्रा भारतको राजस्थानबाट आएको हुन सक्छ । प्रजनन्का लागि यो पुनः त्यही फर्किने सम्भावना छ ।’ अफ्रिकाबाट सात हजार किलोमिटर पार गरेर कीरा आएको जस्तो नदेखिएको र अहिले आएका ती कीरा भारतको सो क्षेत्रकै भएको विज्ञले औल्याएका छन् । अहिले नेपालमा आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका भएको उनको भनाइ छ । सलहको आयु छैटौँ चरणसम्म हुने र ६ हप्ताको रहने बताइएको छ । सरसरर्ती हेर्दा अहिले आएका सलहमध्ये पाँचौँ थप एक हप्ता, चौथो डेढ हप्ता र तेस्रो दुई हप्ता मात्रै रहने अनुमान छ ।

प्रजनन्का लागि वयस्क कीरा फर्किने अनुमान गरिएको छ । धेरै आत्तिनुपर्ने अवस्था नरहेको तर पूर्वतयारी गर्नुपर्नेमा उनको जोड थियो । उनका अनुसार सलह साधारण फट्याङ्ग्रा प्रजातिको नै हो । यसको सिंग छोटो हुन्छ । यसको पछाडिको खुट्टा दह्रो र मोटो हुन्छ । यो कीरा समूहमा बस्न मन पराउँछ । उनले भने– ‘यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसको जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ ।’

सलहका बच्चा १ देखि ३ महिनामा पूर्ण वयस्क हुने, वयस्क चारदेखि पाँच महिनासम्म बाँच्ने, वयस्क कीरा लामो समयसम्म हावामा उड्न सक्ने र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्ने उनको भनाइ छ । सलह कीरा एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्को खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो वनस्पतिहरु छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ । एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर सलह हिड्ने बताइन्छ ।

संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य सङ्गठनको तथ्याङ्कअनुसार साधारणतय सो कीराले प्रति दिन दुई ग्रामसम्म खान सक्छ र एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ ।

सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठानिएको छ । यिनिहरुको जनसङ्ख्या आठ हजार गुणासम्म बढेको बताइन्छ । विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरुको जनसङ्ख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने र बढोत्तरी छिटो छिटो भएको जनाइएको छ ।

कतिपय देशले सहल नियन्त्रण गर्न हेलिकप्टरको सहायताले विषादी प्रयोग गरेको बताइन्छ । हाल प्रयोगमा आएका विषादीमा मालाथिएन र फेनिट्रोथियन प्रमुख छन् । वातावरणीय एवं स्वास्थ्यको दृष्टिकोणले राम्रा छैनन् तापनि बालिनाली जोगाउन सलह नियन्त्रणका लागि विषादी नै उपयुक्त ठहरिएको उनी बताउँछन् । तर विषादी प्रयोग गरिसकेपछि ती खाद्यान्न बालीमा विषादीको पर्खनुपर्ने अवधिलाई मध्येनजर गरी वाली भित्राउनुपर्दछ । विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित, सागुरा–प्रकृतिका एवं सिफारिस मात्रामा छर्नुपर्दछ । उनले सुझाव दिए– ‘विषादी छर्ने व्यक्तिले आफ्नो शरीरलाई पूर्णरुपमा ढाँकी मुखमा माक्स र चश्मा लगाएर मात्र छर्नुपर्दछ । घरायसी प्रयोगमा लगाइने बालीलाई जालीले एवं अलि ठूलो बारले ढाकेर राख्नुपर्दछ ।’

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकाल थन्काउन लायक वालीहरुलाई टिपेर वा काटेर तत्काल थन्क्याउन आग्रह गर्छन् । सानो जग्गा वा करेसावारीमा लगाइएका वाली एवं धानका व्याड आदीलाई हाल केही समय प्लास्टिक , झुल एवं स्याउलाले ढाकेर राख्नु उपयुक्त हुने उनको सुझाव छ ।

कीरा बसेका हाँगा तथा बिरुवालाई हल्लाएर र आवाज निस्कने चिजहरु बजाएर एवं पानीको फोहरा प्रयोग गरेर पनि यसलाई धपाउन एवं व्यवथापन गर्न सकिन्छ । विषादी प्रयोग गर्नुपर्ने अवस्थामा आफूलाई पायक पर्ने ठाउँका प्राविधिकको सल्लाह बमोजिम विषादी सुरक्षित र सिफारिस मात्रामा प्रयोग गर्न केन्द्रले अनुरोध गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top