इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड र साउथ ह्याम्पटन बराबरीमा रोकियो

३० असार ७७, मंगलबार
Share this
776shares

३० असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड र साउथ ह्याम्पटनको खेल बराबरीमा रोकिएको छ ।

Advertisement

तालिकाको चौथो स्थानमा उक्लने मौका रहेकोमा साउथ ह्याम्पटनसँग २–२ गोलको बराबरी खेलेपछि युनाइटेड पाँचौं स्थानमा यथावत पनि रहन पुग्यो ।

वल्र्ड ट्राफोडमा पाहुना टोली साउथ ह्याम्पटनले गोल गर्दै १२ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि स्टुआर्ट आर्मस्टोङले गोल गरेका थिए । यसैगरी रासफोर्डले २० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए ।

Advertisement

२३ औं मिनेटमा एन्टोनियो मार्सिएलले गोल गरेपछि युनाइटेड २–१ को अग्रता लिन सफल भयो । पहिलो हाफमा त्यही नतिजा आत्मसाथ गरेको युनाइटेडले दोस्रो हाफको अतिरिक्त समयमा आफूलाई सम्हाल्न नसक्दा बराबरी गोल व्यहोरेको हो ।

९६ औं मिनेटमा मिचेल ओवाफेमीले साउथह्याम्प्टनका लागि गोल गर्दै खेल २–२ को बराबरीमा टुंग्याए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top