×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

८ श्रावण २०७७

८ साउन, पर्सा ।
बुधबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये एकजनाको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो । मंगलबार साँझ अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए ।

Advertisement
Advertisement

एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । वीरगन्ज माइस्थान निवासी ७० वर्षीय ती पुरुषको मंगलबार साँझ नै मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहले जनाए ।

‘कोरोनाको लक्षण रहेकाले उनको शव परिवारको जिम्मा लगाएका थिएनौँ,’ उनले भने, ‘बुधबार ती मृत व्यक्तिमा पनि कोरोना रहेको रिपोर्ट आएको छ ।’ १७ जना संक्रमितमध्ये एक जना नारायणी अस्पतालका र एक जना बाहिर कार्यरत चिकित्सक हुन् ।

सुख्खा बन्दरगाहका दुईजना स्टाफ, ट्रक चालक र एक निजी स्कुलका कक्षा १० का विद्यार्थी समेतमा कोरोना संक्रमण देखिएको छ । बुधबार साँझ संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टाइनमा नबसेका व्यक्ति हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमित १७ जनामध्ये ९ जना पैसा तिरेर परीक्षण गराएका र अन्य चिकित्सक सिफारिसमा परीक्षणका लागि आएका थिए । अस्पतालमा उपचारार्थ भर्ना भएका ५ जनाको परीक्षण गरिएको हो ।

चिकित्सकका अनुसार भर्ना भएकाहरुमा कडा निमोनिया देखिएको छ । दुईजना यसअघिका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा आएका हुन् । ‘४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, डा.उपाध्यायले भने, ‘संक्रमित १७ जनामध्ये कोही पनि क्वारेन्टाइनका हैनन् ।’

‘पेड टेस्ट’ सुरु भएपछि पछिल्लो समय वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेको छ । स्वेच्छाले परीक्षणका गराएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा विभिन्न पेसा व्यवसायमा संलग्न रहेका व्यक्ति छन् ।

डा. निरज सिंह वीरगन्जमा कोभिड १९ को समुदायमा फैलिन सुरु भइसकेको दाबी गर्छन् । ‘संक्रमितमा गम्भीर प्रकृत्तिको निमोनियाको लक्षण समेत दखिन थालेको छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ तीव्र बनाउन आवश्यक छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार ‘ट्राभल हिस्ट्री’बिनाका र कतिपय लक्षणसहितका संक्रमित समेत देखिएकाले निकै गम्भीर बन्नुपर्ने आवस्था सिर्जना भएको छ । ‘पेड टेस्ट’ सुरु नगरुन्जेल पर्सामा संक्रमित सबै निको हुँदै गएका थिए ।

नारायणी अस्थायी कोरोना अस्पतालमा मात्र २ जना संक्रमित भर्ना थिए । ‘तर, पेड टेस्ट सँगै विभिन्न व्यक्तिहरुले स्वेच्छाले जाँच गर्न थालेपछि कोरोना संक्रमित ठूलो संख्यामा देखापर्दै गएको छ,’ ‘बिहीबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लकडाउनको अन्त्यसँगै सबैतिर भीडभाड हुनुले ठूलो खतरा निम्त्याएको छ ।

Advertisement

हामीहरु अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममै छौँ । तसर्थ भीडभाडमा नजाऔँ, स्वास्थ्य र सुरक्षाका सबै शर्त र मापदण्डको अनिवार्य रुपमा पालना गरौं ।’

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top