गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिए

८ साउन ७७, शुक्रबार

९ साउन, पोखरा ।
गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् । लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् ।

Advertisement

बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् । संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top