×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पछिल्लो २४ घण्टामा भारतमा ७४० संक्रमितको मृत्यु, ४९,३१० जनामा संक्रमण पुष्टि

९ श्रावण २०७७

९ साउन, एजेन्सी । भारतमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा एकैदिनमा धेरै व्यक्तिमा संक्रमण देखिएको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ ।

Advertisement
Advertisement

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट थप ७ सय ४० जनाको मृत्यु भएको छ । योसंगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ ।

भारतमा कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ४७ हजार ५ सय २ पुगेको छ ।

त्यस्तै कोरोनाबाट अहिलेसम्म १२ हजार ८ सय ५४ को मृत्यु भएको छ भने अहिलेसम्म एक लाख ९४ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै तमिलनाडुमा एक लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् भने तीन हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।

तमिलनाडुमा एक लाख ३६ हजारभन्दा बढी निको भएका छन् । त्यस्तै राजधानी दिल्लीमा एक लाख २७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

दिल्लीमा कोरोना संक्रमणबाट तीन हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । दिल्लीमा संक्रमण पुष्टि भएकामध्ये एक लाख ९ हजारभन्दा बढी निको भएका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top