होम क्वारेन्टिनमा बसेका पुरुषमा कोरोना

१३ साउन ७७, मंगलबार

१३ साउन, बुटवल ।
होम क्वारेन्टिनमा बसेका एकजनामा बुटवल निवासीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Advertisement

बुटवल–१३ स्थित घरमै बसेका एक पुरुषमा संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए। भारतबाट आएर उनी घरमै क्वारेन्टिन बसिरहेका थिए। उनलाई बुटवलस्थित एन्फा एकेडेमी आइसोलेसनमा राखिएको छ।

संक्रमितमा कुनै लक्षण देखिएका छैनन्। उनको आज मंगलबार कन्ट्याक्ट ट्रेसिङ गरेर थप परीक्षणको काम अघि बढ्ने उनले बताए। संक्रमितको परिवार होम क्वारेन्टिननमा छन्।

Advertisement

यसअघि सोमबार बुटवलस्थित एक होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका एकैपरिवारका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको सार्वजनिक भएको थियो।

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत सिंहका अनुसार उनीहरु भारतबाट आएर रोजगारदाता संस्थामा जानुअघि क्वारेन्टिन बसेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top