विदेशबाट आज १२ सय नेपाली आउँदै, आजै १८ वटा शव पनि ल्याइयो,

१८ साउन, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन्।

Advertisement

आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय ३३ जना नेपाली स्वदेश फर्कन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।

विहान युएईको अबुधाबीको हिमालय एयरलायन्सबाट १५४ जना नेपाली स्वदेश आएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार मलेशियाबाट नेपाल एयरलायन्सको उडानबाट २५२ जना आएका छन्।

Advertisement

उक्त विमानमा १४ जनाको शव पनि ल्याइएको छ। कतारबाट नेपाल एयरलायन्सको उडानमार्फत १५३ जना नेपाली आएका छन्। उक्त विमानमा ४ वटा शव पनि ल्याइएको छ। दिउँसो मलेशियाबाट मालिन्दो एयरको उडानबाट १७२ जना नेपाली आउन लागेका छन्।

युएईबाट दुइ वटा उडानमार्फत झन्डै ४ सय जना आउन लागेका प्राधिकरणले जनाएको छ। यस्तै कतार एयरको उडानमार्फत अमेरिका, युरोप र कतारमा रहेका १४० जना आउन लागेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top