भारतमा ब्लक भयो चिनियाँ बैदु र विभो

२० साउन ७७, मंगलबार

२० साउन, एजेन्सी ।
भारतले चिनियाँ प्रभावशाली सर्च इन्जिन बैदु सर्च र सोसल साइट विभोलाई ब्लक गरेको छ।

Advertisement

विभो सन् २००९ मा सुरु भएको हो जसका ५० करोड प्रयोगकर्ता रहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि तीमध्ये एक हुन् जसले सन् २०१५ मा चीनको भ्रमणमा जानुअघि यसको प्रयोग थालेका थिए। चीनसँग सम्बन्ध चिसिँदै गएपछि मोदीले यसको प्रयोग बन्द गरेका छन्।

बैदु भने भारतमा विस्तार हुने रणनीतिका साथ अगाडि बढिरहेको थियो। यसका प्रमुख कार्यकारी अधिकृत रोविन लि यसै वर्षको जनवरीमा भारत आएका थिए। आइआइटी मद्रास क्याम्पसमा उनले प्रवचनसमेत दिएका थिए।

Advertisement

चीनको पहिचान लिएका चर्चित दुई एपहरुलाई भारतमा बन्द गराउन गुगल र एप्पललाई अनुरोध गरिएको छ भने भारतमा इन्टरनेट सेवा प्रदायकलाई पनि यसबारे निर्देशन दिइसकेको स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।

यी तिनै ४७ एप्लिकेसनमध्येका हुन् जसलाई जुलाइ २७ मा भारतमा प्रतिवन्ध लगाइएको छ, स्रोतले भन्यो। उनका अनुसार यीबाहेक अन्य चिनियाँ एप्लिकेसन पनि बन्द गराउने रणनीतिमा छ, मोदी सरकार।

Advertisement

यसअघि पहिलो चरणमा भारतले ५९ एप बन्द गराइसकेको छ जसमा टिकटकदेखि वी च्याटसम्म रहेको छ। सरकारले थप ४७ एपमाथि प्रतिवन्ध लगाएको हो।

भारत भ्रमणका क्रममा बैदुका सीइओ लीले भारतमा आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top