नेपालमा कुल ३६ कोरोना संक्रमितको अवस्था गम्भीर

२० साउन, काठमाडौं ।
सोमवार अपरान्ह चारबजेसम्म प्राप्त आँकडा अनुसार देशभरमा कोरोनाभाइरस सङ्क्रमित कुल ३६ बिरामीको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।

 तीमध्ये दुईजनालाई भेन्टिलेटर आवश्यक परिरहेको सो आँकडामा जनाइएको छ। सबभन्दा धेरै गम्भीर हालतका कोरोना संक्रमित हाल बाग्मती प्रदेशमा छन् । बाग्मती प्रदेशमा २१ जना बिरामी सघन उपचार कक्षमा अनि एकजना भेन्टिलेटरमा रहेको जनाइएको छ।

प्रदेश नम्बर २ मा सातजना बिरामी आइसीयुमा छन् भने प्रदेश नम्बर १ मा तीनजना आइसीयु र एकजना भेन्टिलेटरमा छन्। प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एक(एकजना बिरामी सघन उपचार कक्षमा उपचाररत छन्।

Advertisement

विगतमा अत्यधिक बिरामी लक्षणविहीन पाइएपनि विस्तारै सघन उपचार आवश्यक पर्ने बिरामीको सङ्ख्या बढिरहेको सरकारको आँकडाले देखाउँछ। साउन १६ गते मन्त्रालयले दिएको आँकडामा सघन उपचार आवश्यक गम्भीर बिरामीको सङ्ख्या २४ थियो।

साउन १४ गते त्यो सङ्ख्या २२ थियो। चिकित्सकहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमित कतिपय बिरामीलाई सास फेर्न कठिन हुन थालेपछि सघन उपचार र अझ कतिपयलाई गम्भीर स्थितिमा भेन्टिलेटरबाट कृत्रिम श्वासप्रश्वास गराउनुपर्छ।

Advertisement

यसअघि मन्त्रालयका अधिकारीहरूले अत्यधिक सङ्ख्यामा सङ्क्रमितहरूमा कुनै लक्षण नपाएको बताएका थिए। पहिले क्वारन्टीनमा पाइएका सङ्क्रमितहरू अलि युवा उमेरका र बलिया भएकाले गम्भीर बिरामी कम थिए, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

विस्तारै समुदायमा सङ्क्रमण फैलँदा प्रतिरोधी क्षमता कम भएका अनि वृद्धवृद्धापनि चपेटामा पर्ने हुँदा आगामी दिनमा गम्भीर बिरामीको सङ्ख्या बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। योसँगै देशभरि अस्पतालहरूमा आइसीयु तथा भेन्टिलेटरका सुविधा बढाउनुपर्ने खाँचो औँल्याइएको छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top