रेमिट्यान्समा देखिएन कोरोना प्रभाव

काठमाडौँ : गत आर्थिक वर्षमा नेपाल भित्रिएको रेमिट्यान्समा कोभिड–१९ को असर खासै देखिएन । अघिल्लो आर्थिक वर्षकै हाराहारीमा गत आर्थिक वर्षमा पनि रेमिट्यान्स आएपछि त्यसलाई कोभिडको असर नदेखिएको रूपमा विश्लेषण गरिएको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण नेपाल भित्रिने रेमिट्यान्स १० देखि १५ प्रतिशत घट्ने अनुमान थियो । तर गत आर्थिक वर्षमा नेपाली मुद्रामा ०.५ र अमेरिकी डलरमा करिब ३ प्रतिशत मात्र रेमिट्यान्समा कमी आयो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो नेपाली मुद्रामा ०.५ प्रतिशत र अमेरिकी डलरमा ३.३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्समार्फत ८ खर्ब ७९ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो । यो करिब साढे १६ प्रतिशतको वृद्धि हो ।

नेपालमा लकडाउन सुरु भएको महिना ९गत चैतमा० ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । जसअनुसार वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकका अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको, तुलनात्मक रूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिडको असर कम देखिएकाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र बैंकका प्रवक्ता एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘कोभिडका कारण चीनको अर्थतन्त्र धेरैले गिरावट आउने अनुमान थियो । तर, चीनले कोभिडलाई नियन्त्रणमा लिइहाल्यो,’ उनले भने, ‘अपेक्षाअनुसार चीनको अर्थतन्त्रमा गिरावट नआएकाले विश्वबजारमा वस्तु तथा सेवाको माग घटेन ।’

Advertisement

भारतबाहेक राष्ट्रमा वैदेशिक रोजगारीमा गएका धेरै मानिस नफर्किएकाले रेमिट्यान्स धेरै नघटेको उनले बताए । ‘अमेरिकालगायत ठूला अर्थतन्त्र भएका मुलुकले कोभिडका कारण लामो समय लकडाउन गरेनन्,’ उनले भने, ‘यसकारण पनि विश्व अर्थतन्त्र अपेक्षित रूपमा खस्किन पाएन । त्यसको सकारात्मक प्रभाव रेमिट्यान्समा पर्‍यो ।’

नेपालमा लकडाउन सुरु भएपछि राष्ट्र बैंकले पनि १० प्रतिशतभन्दा धेरैले रेमिट्यान्स घट्न सक्ने अनुमान गरेको थियो । रेमिट्यान्स आउने प्रमुख राष्ट्रमा कोभिडको असर धेरै रहेको भन्दै ती अनुमान गरिएका थिए । लकडाउनका कारणले हुन्डीलगायत रेमिट्यान्स पठाउने गैरकानुनी माध्यमका गतिविधि घटेकाले औपचारिक प्रणालीबाट आउने रकम बढेको नेपाल रेमिर्ट्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले बताए । ‘यो अवधिमा हुन्डीलगायत अन्य अवैध व्यापारमा कमी आएको देखिन्छ,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले आफैंसँगै राखेको रकम, यसअघि अनौपचारिक माध्यमबाट आउने रकम पनि सिस्टमबाट आएकाले रेमिट्यान्स बढेको हो ।’

Advertisement

रेमिट्यान्समा कोभिडको असर देखिन अझै बाँकी रहेको पनि उनको भनाइ छ । ‘गत असारको तुलनामा साउनमा र साउनको तुलनामा भदौ पहिलो सातामा रेमिट्यान्स आप्रवाहमा कमी आएको छ,’ उनले भने, ‘यसकारण ठूलो परिणामा नभए पनि चालु आर्थिक वर्षमा कोभिडको असर रेमिट्यान्समा देखिने निश्चित छ ।’

लकडाउनका कारण सुनको अवैध कारोबार र हुन्डीमा कमी आएकाले रेमिट्यान्स खासै नघटेको नेपाल रेमिटर्स एसोसिएसनका उपाध्यक्ष चन्द्र टण्डनको दाबी छ । ‘यसअघि कम रेमिट्यान्स आउने राष्ट्र अस्ट्रेलिया, कोरिया, हङकङलयायत देशबाट गत चैतयता धेरै रेमिट्यान्स आएको हुन सक्छ,’ उनले भने, ‘हुन्डी कारोबार घटेपछि उक्त रकम बैंकिङ प्रणालीबाट आएको हो ।’ कोभिडको जोखिम कति लम्बिन्छ त्यसका आधारमा रेमिट्यान्स पनि प्रभावित हुने उनको अनुमान छ ।

‘कोभिडको जोखिम केही महिनामै सकियो भने चालु आर्थिक वर्षमा १० देखि १५ प्रतिशतले घट्न सक्छ,’ उनले भने, ‘जोखिम लामो समय रह्यो भने रेमिट्यान्स झन् धेरैले घट्न सक्छ ।’ अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च हुनु ९बेस इफेक्ट०, रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउनु, विदेशी मुद्रा सटहीमा भएको कडाइलगायत कारण गत वर्षदेखि रेमिट्यान्स घट्न थालेको अर्थविद्हरूले बताएका थिए । वृद्धिदर घट्दो क्रममा रहे पनि यसअघिका आवमा रेमिट्यान्स लगातार ऋणात्मक नै भएको थिएन । यसअघि आव ०७४र७५ कात्तिकमा रेमिट्यान्स वृद्धिदर १।४ प्रतिशत ऋणात्मक थियो । अघिल्लो आर्थिक वर्ष भने सुरुका महिनामा रेमिट्यान्स वृद्धिदर ३७ प्रतिशतसम्म पुगेको थियो । गत आर्थिक वर्षका अधिकांश महिनामा रेमिट्यान्स वृद्धिदर ऋणात्मक थियो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top