NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

आगमी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता हुन्छ– राष्ट्रपति ट्रम्प

आइतवार बैशाख १६ , २०७५
Reading Time: 1 min read
A A
आगमी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता हुन्छ– राष्ट्रपति ट्रम्प
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

वासिङ्टन, १६ वैशाख ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन् ।

मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ ।

यसअघि पनि उनले गत महिना मात्र उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रुपमा सफल हुने धारणा सार्वजनिक गरेका थिए ।

LS Auto

राष्ट्रपति ट्रम्पले यो घोषणा गरिरहँदा यता ह्वाइट हाउसले पनि सो वार्ताको पुष्टि गरेको छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको छ र सो वार्ताको मिति चाँडै तय गरिने छ ।

हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्धअन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समचार यसअघि नै आएको छ । यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसकेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग फोन वार्ता गरेका छन् ।

सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भएको फोनवार्तापछिको पछिल्लो प्रगतिको बारेमा जानकारी लिएको ह्वाइट हाउसद्वारा पे्रषित एक विज्ञप्तिमा जनाइएको समाचारमा उल्लेख छ ।

सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले गएको शुक्रबार भएको दुई कोरियाली उच्च नेताबीचको सहमति र सम्झौताका साथै उत्तर कोरियाको पछिल्लो अडान र मनस्थितिको बारेमा कुराकानी गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

त्यसैगरी राष्ट्रपति ट्रम्पले यसै विषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबेसँग पनि फोन वार्ता गरेका छन् ।
शनिबार बिहान भएको सो वार्तामा विशेषगरी उत्तर कोरिया र दक्षिण कोरियाबीचको हालै भएको भेटवार्ता र सम्झौताका बारेमा कुराकानी भएको वासिङ्टनबाट प्राप्त भएको एक समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सिको कामना

उता चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताको सफलताको कामना गरेकोे प्राप्त अर्को एक समाचारमा जनाइएको छ ।

सो समाचारअनुसार यी दुई देशबीच हुने भनिएको आगामी वार्ता प्रगतिउन्मुख होस् भन्ने कामना गर्दै राष्ट्रपति सिले सो वार्ता छिट्टै आयोजना गर्न पनि आग्रह गरेका छन् ।

उनले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गरेकोे समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली नेता जापानसँग वार्ता गर्न इच्छुक

यसैगरी उत्तर कोरियाली नेता उन जापानसँग पनि वार्ता गर्न इच्छुक रहेको प्राप्त अर्को एक समाचारअनुसार जनाइएको छ ।

उत्तर कोरियाली नेता उन जापानसँग पनि कुनै पनि समयमा आफू वार्ता गर्न तयार रहेको कुरा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको वार्ताका क्रममा जनाएको सो समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति इनसँग गएको शुक्रबार भएको सो वार्ताका क्रममा उत्तर कोरियाली नेता उनले आफू जापानसँगको वार्ताका लागि इच्छुक रहेको र त्यसका लागि उत्तर कोरियाले आन्तरिक तयारी पनि गरेको जानकारी गराएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

कोरियाली प्रायद्वीपमा खुसियाली

कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्यौलमा बाँच्न बाध्य छन् । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको बताइन्छ ।

पश्चिमालगायतका विश्वका सञ्चारमाध्यमहरुले कोरिया युद्धपछि पहिलो पटक दुई देशका उच्च नेताहरुबीच भएको हालैको यो दुर्लभ भेटले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति आउने तथा कोरियाबीच पनि एकता हुनसक्ने सम्भावना रहेको भन्दै खुसी भएका समाचारहरु सम्प्रेषण गरेका छन् ।

गएको शुक्रबार सम्पन्न भएको दुई कोरियाली उच्च नेताहरूको भेटवार्ताले कोरियाली जनतालाई मात्र नभएर दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्व समुदायलाई पनि शान्तिको लागि राहत प्राप्त हुने सङ्केत देखिएको बताइएको छ ।

गतवर्षमात्र अमेरिका र उत्तर कोरियाबीच ठूलो वाकयुद्ध चलेको थियो । त्यसपछि भने उत्तर कोरिया नै नरम बन्दै गएको छ । जसका कारण आजको परिस्थिति बन्न सकेको छ ।

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैठौँं तथा त्यस समयसम्मको सबैभन्दा ठूलो आणविक परीक्षण गरेको थियो । त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुदै संसारमै ठूलो हलचल ल्याइदिएको थियो ।
रासस

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.