केन्द्रीय कारागारका एक कोरोना संक्रमित सहित तीन जना कैदीको मृत्यु

१६ भदौ ७७, मंगलबार
Share this
644shares

१६ भदौ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु भएको छ।

Advertisement

जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरूष कोरोना संक्रमित हुन्। उनमा भदौ १० गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो भने सोमबार राति मेघा अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै अन्य दुई जना ६० वर्षीय र ६४ वर्षीय पुरूषको मंगलबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो। तीमध्ये एक जनाको कोरोना रिपोर्ट भदौ ५ गते नेगेटिभ आएको थियो भने अर्का व्यक्तिको स्वाब परीक्षणको लागि पठाइएको छ।

Advertisement

बाँस्कोटाका अनुसार संक्रमित पुरूषमा छारे रोग, मुटु र मानसिक समास्या थियो। त्यस्तै ६० र ६५ वर्षीय पुरूष पनि मुटु र दमको रोगी थिए।

केन्द्रीय कारागारमा अहिलेसम्म ५२ जना कैदीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top