काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

१६ भदौ ७७, बुधबार

१७ भदौ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत् दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका कोभिड कमिटीका सदस्य डा. सविन थपलियाका अुनसार मृत्यु हुनेमा तनहुँकी २० वर्षीया युवती र काठमाडौंका ७५ वर्षीय वृद्ध छन्।

उनले दुबै संक्रमितको मंगलबार बेलुका मृत्यु भएको जनाए।

Advertisement

तनहुँ स्थायी घर भएकी युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन्।

उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

Advertisement

काठमाडौंका वृद्ध भने १५ गते अस्पताल भर्ना भएका थिए। मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आइसियूमा भर्ना गरिएको थियो।

डा.थपलियालको वृद्धको आइसियूमै उपचारको क्रममा मृत्यु भएको जनाए। दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

मंगलबार राति नै वीरगन्जको कोरोना अस्तपालमा बाराका ९७ वर्षीय वृद्धको मृत्यु भएको थियो

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top