२० भदौ, दोहा ।
कुवेतमा अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । कुवेतको अहमदी प्रहरीले अपार्टमेन्टमा छापा मार्दा उनीहरु पक्राउ परेका जनाइएको छ ।
उनीहरुलाई महबुला उपमहानगरबाट पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ । घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौ ब्यारेल (ड्रमहरु), केही उपकरण र बिक्रीको लागि तयारी अबस्थामा रहेको मदिरासहित पक्राउ गरिएको हो ।
उनीहरुलाई कानुनी प्रकृयाको लागि सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । यसघि पनि कुवेत प्रहरीले मदिरा भट्टी सन्चालन गर्ने एक महिला सहित केहि नेपालीहरुलाई नियन्त्रणमा लिएको थियो । कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ ।