कृषि मन्त्रीलाई प्रश्न– किसानहरुले कहिले समयमा मल पाउँछन् ?

२४ भदौ, काठमाडौँ ।
सम्झौता गरी समयमा मल नल्याउने ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग राख्दै सामाजिक अभियन्ताहरुले कृषिमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । ठेकेदारहरुकै कारण किसानहरुले मल नपाएर सास्ती खेप्नुपरेको भन्दै सामाजिक अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ठेक्का लिएर तोकिएको समयसम्म मल नल्याएका कम्पनीलाई कालोसूचीमा राखेर मात्रै नहुने भन्दै उनीहरुले क्षतिपूर्ति पनि भराउनुपर्ने माग गरेका हुन् । मन्त्रीलाई भेटेपछि संक्षिप्त प्रतिकृया दिँदै अभियन्ता ढुंगेलले मल नल्याउने व्यक्तिहरुलाई कालोसूचीमा राखेर मात्रै नहुने भएकाले त्यसबाट जनता र राष्ट्रलाई परेको क्षति पनि भराउनुपर्ने माग राखिएको बताए । विगत लामो समयदेखि नेपाली किसानहरुले मलको अभाव भोगिरहेको सन्दर्भमा नेपालमा किन मल उत्पादन सुरु हुन सकेन ? किसानहरुले कहिले समयमा मल पाउँछन् ? भन्ने विषयमा पनि कृषिमन्त्री भुसालको ध्यानाकर्षण गराइएको उनले बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले मल नल्याउने ठेकेदार कम्पनीहरुलाई थप कारवाहीको प्रकृया अगाडी बढेको जानकारी गराएको उनले बताए । सरकारले भदौ २० सम्म मल ल्याउने गरी गत पुसमा ठेक्का गरेको भएपनि समयमै मल नआउँदा किसानहरु मारमा परेका छन । सम्झौता गरेका शैलुङ कन्स्ट्रक्सन कम्पनी र होविको मल्टिपल कम्पनीलाई सरकारले समयमै मल नल्याएपछि कारवाहीको तयारी गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top