×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

बाजुराको स्याउ हवाईजहाज मार्फत धनगढी पु¥याइयो

२ आश्विन २०७७

२ असोज, धनगढी ।
बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा हवाईजहाजमार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पु¥याइएको छ । यससँगै बुधबार देखि नै धनगढीको बजारमा बाजुराको स्याउ पाउन थालेको छ ।

हेर्दा राम्रो नदेखिएपनि बाजुराको स्याउ खादा भने स्वादिलो छ । सोही स्याउ अहिले सुदूरपश्चिम प्रदेशको धनगढी बजारमा पाउन थालेको छ । स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ धनगढी बजारमा विक्रीगर्न ल्याइएको ‘स्याउ कृषक समन्वय समिति’ले जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढी सम्म हवाई जहाजमार्फत ल्याइएको छ । सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ । समितिका अध्यक्ष मानबहादुर रोकायाले बाजुरामा ४० रुपैयाँमा खरिद गरेको स्याउ धनगढी सम्म आइपुग्दा प्रतिकेजी १ सय १० रुपैयाँ पुगेको बताए । विभिन्न ठाउँमा भरिया, ट्याक्टर, जहाजबाट ढुवानी गर्नुपर्दा लागत बढेको उनले बताए ।

Advertisement
Advertisement

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सुदूरपश्चिमलाई फलफूलमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको बताए । बाजुरामा उत्पादित स्याउ भण्डारणका लागीप्रदेश सरकारले कोल्ड स्टोर निर्माण गर्ने योजना बनाएको पनि मन्त्री शाहले बताए ।

Advertisement

मुख्यमन्त्री एकीकृत कृषितथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा बुधवार २० क्विन्टल स्याउ हवाई जहाजमार्फत नेपालगन्ज हुँदै धनगढी पु¥याइएको हो । ‘जसले एक पटक खायो, उसले स्वाद थाहापायो’ भन्ने नाराका साथ बाजुराका विभिन्न गाउँमा फलेको स्याउ अहिले धनगढी बजारमा बिक्री भइरहेको छ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका ५ वटै वडामा व्यवसायीक स्याउ खेती हुँदै आएको छ । गतवर्ष पनि बाजुराको स्याउ िबक्रीका लागि धनगढी काठमाडौं लागयतका ठाउँमा पु¥याइएको थियो ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top