सर्लाहीकाे सदरमुकाम मलंगवामा कर्फ्यु

३ असोज ७७, शनिबार

३ भदाै, जनकपुरधाम ।

Advertisement

सर्लाहीकाे सदरमुकाम मलंगवामा दुई समुदायबीच विवाद भएपछि भोलि बिहान सम्म कर्फ्यू जारी गरिएको छ ।

शुक्रबार साँझ मलंगवा नगरपालिका- ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा दुई समुदायबीच विवाद सुरु भएको थियो।

Advertisement

बाटोमा मुस्लिम समुदायको बस्तीको मस्जिद नजिकै पुग्दा ट्याक्टरमा बजाइएको डिजे बाजालाई लिएर विवाद हुँदा हुनसक्ने सम्भावित झडप नियन्त्रणको लागि मलंगवामा कर्फ्यू लगाइको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

बाजा बजाएको विषयलाई लिएर मुस्लिम समुदायका मानिसहरु वादविवाद गरेको विषयलाई लिएर शनिबार हिन्दु पक्षले फेरि उक्त क्षेत्रमा भेला भएर विवाद गर्न खोजेकोले शनिबार दिउँसो डेढ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि मलगंवा बजारमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

Advertisement

यसअघि धनुषाको दुई स्थानमा पनि दुई समुदायबीच तस्विर सामाजिक सञ्जाल र मन्दिरमा फोहोर फालेको विषयमा विवाद गरेपछि झडप भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top