×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

आईपीएल : मुम्बईलाई हराउँदै चेन्नईको विजयी सुरुवात

४ आश्विन २०७७

४ असाेज, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।

Advertisement

शनिबार शेख जायद स्टेडियम आबूधाबीमा भएकाे आइपिएलकाे पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको हाे ।

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै विजयी सुरुवात गरेको हो । चेन्नईको जितमा फाफ डु प्लेसिस ४४ बलमा ६ चौका सहित ५८ रनमा अविजित रहे । अन्तिम ओभरमा जितका लागि पाँच रन चाहिँएको अवस्थामा फाफ डु प्लेसिसले ट्रेन्ट बोल्टलाई सुरुवाती दुई बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका थिए । युवा अलराउन्डर साम करन ६ बलमा १ चौका र २ छक्का सहित १८ रनमा क्याच आउट भए ।

चेन्नईको जितमा आम्बाती रायुडूले ४८ बलमा ६ चौका र ३ छकका सहित ७१ रनको योगदान दिए । खराब सुरुवात गरेको चेन्नईलाई तेस्रो विकेटका लागि रायुडू र डु प्लेसिसले १ सय १५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । रायुडू १६ औं ओभरको अन्तिम बलमा राहुल चहरको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे ।

पहिलो ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टले ओपनर शेन वाटसनलाई ४ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो ओभरको अन्तिम बलमा जेम्श प्याटिनसनले मुरली वियजयलाई १ रनमा एलबिडब्लू आउट गर्दै चेन्नई २–६ को अवस्थामा पुगेको थियो । तर तेस्रो विकेटका लागि डु प्लेसिस र रायुडूले उत्कृष्ट साझेदारी गर्दै अघि बढाएका थिए ।

रविन्द्र जडेजा १८ औं ओभरको पहिलो बलमा क्रुनाल पान्ड्याको एलबिडब्लू आउट हुनुअघि ५ बलमा २ चौका सहित १० रनमा आउट भए । मुम्बईको ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन, जस्प्रित बुमराह, क्रुनाल पान्ड्या र राहुल चहरले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । ओपनर क्विन्टन डी कक र रोहित शर्माले ४.४ ओभरमा ४६ रनको साझेदारी गर्दै मुम्बईलाई राम्रो सुरुवात दिएका थिए । स्पिनर पियुष चवलाले साम करनबाट राहित शर्मालाई १२ रनमा क्याच आउट गराउँदै साझेदारी तोडे । रोहितले १० बलमा २ चौका प्रहार गरे ।

लगत्तै छैटौं ओभरको पहिलो बलमा युवा तीव्र गतिका बलर साम करनले अर्का ओपनर डी ककलाई शेन वाटसनबाट ३३ रनमा आउट गराए । डी ककले २० बलमा ५ चौका प्रहार गरे । दीपक चहरको ११ औं ओभरको अन्तिम बलमा सूर्यकुमार यादव ठूलो सट खेल्ने क्रममा १७ रनमा करनको हातबाट बाउन्ड्री नजिकै समातिन पुगे ।

चेन्नईलाई रविन्द्र जडेजाले १५ औं ओभरमा दुई प्रमुख विकेट लिदैं खेलमा फर्काएका थिए । जडेजाको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा सौरभ तिवारीलाई फाफ डु प्लेसिसले बाउन्ड्री छेउमा उत्कृष्ट क्याच लिदै ४२ रनमा पेभिलिएन फर्काए । तिवारीले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको पाँचौ बलमा हार्दिक पान्ड्या ठूलो सट खेल्ने क्रममा पुनः डु प्लेसिसले उत्कृष्ट क्याच आउटको शिकार हुँदै १४ रनमा पेभिलिएन फर्केका थिए । हार्दिकले १० बलमा २ छक्का प्रहार गरे ।

१७ औं ओभरको पहिलो बलमा क्रुनाल पान्ड्यालाई लुग्नी एनगिडीले तीन रनमा महेन्द्रसिंह धोनीबाट क्याच आउट गराए । १९ औं ओभरको पहिलो बलमा एनगिडीले आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई धोनीबाट १८ रनमा क्याच आउट गराएपछि मुम्बईको ठूलो योगफलको सम्भावना टाढिएको थियो । पोलार्डले १४ बलमा समान १ चौका र छक्का प्रहार गरे । जेम्स प्याटिनसन ११ र ट्रेन्ट बोल्ट शून्यमा आउट भए । जस्प्रित बुमराह ५ रनमा अविजित रहे ।

चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । पियुष चवलाले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । दीकप चहरले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

अब चेन्नईले दोस्रो खेलमा सेप्टेम्बर २२ मा राजस्थान रोयल्ससँग खेल्ने छ भने मुम्बईले २३ सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top