साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने ः श्रममन्त्री

२१ बैशाख ७५, शनिबार

काठमाडौँ, २२ वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको प्रत्याभूति दिने बताएका छन् ।

Advertisement

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आज काठमाडौँमा आयोजना गरेको अहिलेको संघीय संरचनामा अस्थायी करार ज्यालादारी कर्मचारीको व्यवस्थापन सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उनले सरकारको सीमा, विद्यमान कानूनको सीमा तथा श्रमिकको समस्यालाई आधार बनाएर श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जानकारी दिए ।

नेपालमा नयाँ संविधान घोषणापछि बनेको वामपन्थीको सरकारले नौलो अठोट र अभियानका साथ समृद्ध मुलुक निर्माण गर्ने अभियानमा जुटिरहेको बताउँदै मन्त्री विष्टले देशमा आर्थिक क्षेत्रको विकास गरी जनतालाई सुखी बनाउने वर्तमान सरकारको एक मात्र उद्देश्य रहेको बताए ।

Advertisement

आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष भोलानाथ पोखरेलले कार्यालयमा काम गर्ने अस्थायी तथा ज्यालादारी कर्मचारीको रोजगारीको उचित सुरक्षा हुनुपर्नेमा जोड दिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले नेपालको इतिहासमा वामपन्थीको सरकार तथा समाजवाद उन्मुख संविधान नेपाली जनताले पाएको र अब जनताको दुःखको दिन समाप्तितिर पुगेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top