डा. केसीकाे अडान – ‘शिक्षण अस्पताल नलगेसम्म परीक्षण र उपचार गर्न दिन्‍न’

६ असोज, काठमाडौँ ।
प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर र्पुयाएपछि अनशनरत डा. गोविन्द केसीले कुनै प्रकारको परीक्षण तथा उपचारका स्वीकार नगर्ने अडान लिएका छन् । डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्ने समेत बताएका हुन् । ‘मलाई शिक्षण अस्पताल नलगेसम्म म रगत, पिसाब केहीको पनि जाँच गर्न दिन्न । रक्तचाप र ज्वरो समेत पनि नाप्न दिन्न ।’– उनले भने ।

Advertisement

ट्रमाका निर्देशक डा. सन्तोष पौडेलका केसीको स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालबाट चिकित्सकहरुलाई बोलाइएको छ । केसीलाई ट्रमामा र्पुयाउनु अघि प्रहरीले अस्पताललाई केही जानकारी दिएको थिएन । उनले भने– ‘प्रहरीले ल्याएपछि हामीले हेर्नै र्पयो । तर उहाँले परीक्षण तथा उपचार गर्न मान्नुभएको छैन । हामीकहाँ इन्टरनल मेडिसिनका विज्ञहरु हुनुहुन्न । त्यसैले वीर अस्पतालबाट बोलाएका छौं । उहाँहरुले आएर हेरेपछि केही भन्न सकिएला ।’

डा. केसीले भने विमानस्थलमा ओर्लिएर शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढे पनि आफूलाई सरकारकै निर्देशनमा प्रहरीहरुले अपहरण गरेर ट्रमा सेन्टरमा ल्याएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top