ज्यान मार्ने र ठगी गर्ने केशका दुई फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र ठगी गर्ने केशका दुई फरार प्रतिवादी पक्राउ

१९ असोज, सुनसरी । ज्यान मार्ने उद्योग र रकम ठगी गर्ने केशका दुई फरार प्रतिबादीलाई पक्राउ गरी सार्बजनिक गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ ग्रामथानका बिकास कुमार खाँ र भोजपुर अरुण-५ याकुका सुमन कार्की क्षेत्री रहेका छन् । पक्राउ परेका खाँले गत फागुन २२ गते ईटहरी तालतलैया पार्कको जंगलमा एक युवतीलाई जवरजस्ती करणी तथा बिषादी खुवाई ज्यान मार्ने कोसिस समेत गरेका थिए ।

उनीमाथी परेको उजुरीसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले खाँलाई गत शनिवार पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद लिई कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी पक्राउ परेका अर्का भोजपुर घर भई ईटहरी बस्दै आएका क्षेत्रीले सोही ठाँउका एक ब्याक्तीलाई विदेश पठाई दिन्छु म एजेन्ट हुँ भन्दै नगद २ लाख रुपैया लिई फरार भएका थिए । फरार रहेका क्षेत्रीलाई गत शुक्रबार पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको प्रहरी कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.