यतिले सुरु गर्याे २ हजारमा सिमरा उडान

२० असोज ७७, बुधबार

२१ असोज, काठमाडौं । यती एयरलाइन्सले बुधबारदेखि काठमाडौं–सिमरा–काठमाडौं उडान सुरु गरेको छ । एयरलाइन्सले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौं देखि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो ।

एयरलाइन्सले उच्च सतर्कता अपनाएर काठमाडौं–सिमारा–काठमाडौं उडान सुचारु गरिएको बताएको छ । बुधबार नाइन एन–एएलएज कल साइन भएको जेटस्ट्रीम–४१ विमान मार्फत विहान ९ बजेर १० मिनेटमा पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ बजेर ४५ मिनेटमा हुने पनि एयरलाइन्सले बताएको छ ।

Advertisement

एयरलाइन्सले कोभिड संक्रमणको रोकथामका सबै मापदण्ड अपनाएर यात्रा गर्ने वातावरण मिलाएको बताएको छ । एयरलाइन्समा यात्रा गर्ने यात्रुले पनि धेरै समय पछि यति एयरलाइन्समार्फत यात्रा गर्न पाउँदा सुरक्षित महसुस भएको बताएका छन् ।

Advertisement

कोभिड १९ संक्रमणको जोखिमलाई उच्चतम ध्यान दिई यात्रुलाई सुरक्षित भई यात्रा गर्ने वातावरण एयरलाइन्सले बनाएको यात्रुहरुको भनाई छ ।

एयरलाइन्सले पनि अवदेखि दैनिक दुई वटा उडान काठमाडौं–सिमरा–काठमाडौंका लागि हुने बताएको छ । यात्रुहरुको माग भएमा उडान संख्या थप्न सकिने पनि एयरलाईन्सको भनाई छ ।

यस्तै एयरलाइन्सले बुधबार पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रु मध्ये गोलाप्रथा मार्फत १ जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने बताएको छ ।

यतिले हालको लागि काठमाडौं–सिमरा–काठमाडौं उडानमा एकतर्फी १ हजार ९ सय ९९ रुपैयाँ भाडादर तोकेको छ । २०५५ साल देखि सेवा प्रारम्भ गरेको यतिले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज मार्फत सेवा दिदै आएको छ ।

यति एयरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top