Nepal Times
Nepal Times
3
Shares

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले मुम्बईलाई हरायो

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले मुम्बईलाई हरायो

८ बैशाख, काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित दर्ता गरेको छ ।

चेन्नईमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो ।

मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो ।

जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो ।

दिल्लीलाई जिताउनका लागि सबैभन्दा धेरै शिखर धवनले ४५ र स्टेभन स्मिथले ३३ रन जोडेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.