Nepal Times
Nepal Times
3
Shares

आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्बाह गर्न सेनालाई निर्देशन

आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्बाह गर्न सेनालाई निर्देशन

२५ चैत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागी नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

बालुवाटारमा मंगलबार प्रधानमन्त्रीको नेतृत्वमा रक्षा मन्त्रालय र मातहतका निकायबाट चालु आर्थिक वर्षमा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाको दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसेको थियो ।

बैठकमा रक्षामन्त्रीसमेत रहेका ओलीले मुलुकका विभिन्न स्थानमा भइरहेको आगलागीको कारण र बढ्दो प्रदूषणको अवस्थाबारे चिन्ता व्यक्त गरे ।

उनले आगलागी नियन्त्रणमा सेनालाई आवश्यक उपकरणको व्यवस्था गरी नेतृत्वदायी भूमिका निर्बाह गर्न निर्देशन दिएको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सेनाले मुलुकमा कोभिड–१९ संक्रमणको नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन तथा सडक पूर्वाधारको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्त्वका गढीरकिल्लाको संरक्षण र संवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरे ।

सेनालाई आवश्यक सामग्री उत्पादनतर्फ जोड दिने भन्दै ओलीले सैनिक कल्याणकारी कोषको थप प्रभावकारी उपयोग गर्न पनि निर्देशन दिए ।

बैठकमा रक्षासचिव रेश्मिराज पाण्डेले मन्त्रालय र अन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिको एकीकृत विवरण प्रस्तुत गरेका थिए ।

जसमा सेनाबाट भइरहेको राष्ट्रिय प्राथमिकता प्राप्त कालीगण्डकी करिडोर (रिडी–मालढुंगा खण्ड), कर्णाली करिडोर (खुलालु–लैफु–सरिसल्ला खण्ड), बेनीघाट–आरुघाट–लार्के भन्जाङ सडक भौतिक प्रगति सय प्रतिशत रहेको उल्लेख छ ।

नले दार्चुला–टिंकर सडक आयोजना, काठमाडौं–तराई द्रुतमार्ग, खाँदबारी–किमाथान्का सडक, नेपाली सेनाको पश्चिम एयरबेस स्थापना तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी पूर्वतयारी कार्यक्रममा भएको भौतिक प्रगतिबारे जानकारी गराएका थिए ।

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाले सरकारले दिएको जिम्मेवारीलाई एकपछि अर्को गर्दै पूरा गरिरहेको बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.