आत्मघाती गोलले जोगियो नासर

२९ भदौ , एजेन्सी । साउदी प्रो लिगमा अल नासर हारबाट जोगिएको छ । अल अहलीका अल–हुरेजीले आत्मघाती गोल गर्न पुग्दा नासर हारबाट जोगिएको हो । नासरले अल अहलीसँग १–१ को बराबरी खेल्यो । अल–अवल पार्कमा सम्पन्न खेलमा अल अहलीका लागि फ्रान्क केइसीले गोल गर्दा नासरले भने १ गोल उपाहार स्वरुप पाएको थियो । अहलीका… Continue reading आत्मघाती गोलले जोगियो नासर

रोनाल्डोले अल नासरबाटै सन्न्यास लिने

११ भदौ  एजेन्सी । उमेरले ३९ वर्ष पुग्दासम्म फुटबलमा सक्रिय रहेका क्रिस्टियानो रोनाल्डोले कहिले सन्न्यास लेलान् भन्ने अड्कल काट्न गाह्रै छ । १८ वर्षको उमेरदेखि पोर्चुगलका लागि अनवरत रूपमा खेलिरहेका रोनाल्डोसर्वाधिक खेल खेलेर सबैभन्दा धेरै गोल गरेका छन् । फुटबल इतिहासमा अनेकौं शीर्षकमा कीर्तिमान बनाएका रोनाल्डोले जित्न बाँकी भनेको फिफा विश्वकपको उपाधिमात्र हो । विश्वकपमा… Continue reading रोनाल्डोले अल नासरबाटै सन्न्यास लिने

रोनाल्डोको ६१औं गोल,तर जित्न सकेन नासरले

७ भदौ, विराटनगर । नयाँ सिजनको साउदी प्रो–लिगमा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब अल नासरले निराशाजनक सुरुआत गरेको छ । साविक उपविजेतासमेत रहेकाे अल नासरले बिहीबार राति भएको खेलमा अल रेदसँग १-१ गोलको बराबरी खेलेको हो । अल– अवल पार्कमा अल नासरका रोनाल्डोले दिलाएको सुरुआती अग्रता जोगाउन नसक्दा अल नासर अंक बाड्न बाध्य भएको हो… Continue reading रोनाल्डोको ६१औं गोल,तर जित्न सकेन नासरले

रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा

३१ साउन, विराटनगर । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा अल–तावौनलाई २–० ले पराजित गर्दै अल नासर साउदी सुपर कपको उपाधिनजिक पुगेको हो । अल नासरलाई फाइनलमा पुर्‍याउन रोनाल्डो र आयमन याह्याले एक-एक गोल गरे । खेलको आठौं मिनेटमै याह्याले गोल गर्दै अल… Continue reading रोनाल्डोआबद्ध अल नासर साउदी सुपर कपको फाइनलमा

अल नासर अरब क्लब कपको च्याम्पियन

२८ साउन, एजेन्सी । पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ । शनिबार राति किङ पद स्टेडियममा भएको फाइनलमा अल नासारले अतिरिक्त समयमा अल हिलालविरुद्ध २–१ को कठिन जित हासिल गर्दै उपाधि हात पारेको हो । च्याम्पियन अल नासारको जितमा कप्तान रोनाल्डोले दुई गोल… Continue reading अल नासर अरब क्लब कपको च्याम्पियन

अल नासरमा रोनाल्डोको दोस्रो ह्याट्रिक

१४ फागुन , एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासारले साउदी प्रो–लिगमा शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा डेम्याकलाई ३–० गोल अन्तरले हराउँदै अल नासार साउदी प्रो लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । खेलको १८ औँ मिनेटमा पेनाल्टीमा… Continue reading अल नासरमा रोनाल्डोको दोस्रो ह्याट्रिक

रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

२१ माघ,एजेन्सी । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेवियन क्लब अल नासरका लागि पहिलो गोल गरेका छन् । तर साउदी प्रो लिगमा भने अल नासरले अल फतेहसँग अंक बाड्न बाध्य भयो । शुक्रबार राति भएको खेलमा अल नासरले अल फतेहसँग २–२ गोलको बराबरी खेलेको थियो । अल नासरका लागि तालिस्का र रोनाल्डोले एक–एक गोल… Continue reading रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.