१२ मंसिर, काठमाण्डौ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्थालाई लिएर विभिन्न अड्कालबाजीका खबरहरु आइरहेका छन् । उनी जिवितै नरहेको सम्मका खबरहरुका बीच इमरानका छोरा कासिम खानले समेत आफ्ना बाबु जिवित रहनु भएको कुनै प्रमाण आफूहरुसँग नरहेको बताएका छन् । बुवाको सुरक्षालाई लिएर इन्स्टाग्राममा एक पोस्टमा उनले लेखेका छन्, ’मेरो बुवा ८४५ दिनदेखि जेलमा… Continue reading जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन्
Tag: #इमरान खान
इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनित
१९ चैत, एजेन्सी। लामो समयदेखि पाकिस्तानको जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ । राष्ट्रिय कोष हिनामिना गरेको आरोपमा इमरान खान २०२३ देखि जेलमा छन् । नर्वेको राजनीतिक दल पार्टीट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वल्र्ड एलायन्सले पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन गर्ने कार्य गरेको हुनाले इमरान खानको मनोनयनको घोषणा… Continue reading इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनित
इमरान खानको ‘फाइनल कल’, विश्वभरबाट साथ, ४ हजार पक्राउ
१० मंसिर , एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प पुनः सत्तामा आएलगत्तै यसको प्रभाव विभिन्न देशहरुमा देखिन थालेको छ । ट्रम्पको पुनरागमनसंगै कतिपय देशहरुको सरकारमा उथलपुथल आएको छ । जर्मनीमा सरकार ढलेको छ भने बेलायतमा पनि सरकारमाथि खतरा उत्पन्न भइरहेको छ । यता पाकिस्तानी राजनीतिमा पनि परिवर्तनका संकेतहरु देखिन थालेका छन् । उसै त राष्ट्रपति पदबाट… Continue reading इमरान खानको ‘फाइनल कल’, विश्वभरबाट साथ, ४ हजार पक्राउ
इमरानका लागि जेलमा सरकारले कति खर्च गर्दैछ ?
२३ चैत , एजेन्सी । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानका लागि जेलमै उच्च सुरक्षाको व्यवस्था गरेको छ । इमरानका लागि रावलपिंडीको अडियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एक जना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र… Continue reading इमरानका लागि जेलमा सरकारले कति खर्च गर्दैछ ?
पाकिस्तानको प्रधानमन्त्री अब को बन्छ ?
२६ माघ,विराटनगर । नेपालीमा एउटा उखान छ । अति गर्याे भने खति हुन्छ । अहिले पाकिस्तानबाट आइरहेको आम चुनावको मत परिणामले त्याहाका सेना नजिक रहेका दलहरुका लागि यही उखान चरितार्थ भइरहेको छ । विभिन्न आरोप लगाएर जेलमा बन्द गरिएका पूर्वप्रधानमन्त्री इमरान खानले जेलभित्रै बसेर चुनावमा चमत्कार गरिरहेका छन् । सरकारको दबाबमा निर्वाचन कार्यालयले उनको दललाई… Continue reading पाकिस्तानको प्रधानमन्त्री अब को बन्छ ?
नवाज सरिफले हारे चुनाव, इमरानका समर्थक १५४ स्थानमा अगाडि
२६ माघ, एजेन्सी । अस्थिरता र प्रतिपक्षलाई चुनाव नै लड्न नपाउने गरी प्रतिबन्ध लगाएर देशभरमा मोबाइल नेटवर्क बन्द गर्दै विहीबार सम्पन्न पाकिस्तानको आम निर्वाचनको सुरुवाटती परिणाम सार्वजनिक भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री नवाज शरीफले मानसेरा सिटबाट चुनाव हारेका छन् । उनले स्वतन्त्र उम्मेदवार साहजादा गास्तासापबाट पराजय भोगेका हुन् । अर्काे सिटमा पनि… Continue reading नवाज सरिफले हारे चुनाव, इमरानका समर्थक १५४ स्थानमा अगाडि
इमरान खान र पत्नीलाई थप १४ वर्षको जेल सजाय
१७ माघ ,एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । इमरान खानलाई १० वर्ष वा सोभन्दा बढी सजाय सुनाइएको यो दोस्रो मुद्दा हो। इमरान खान र उनकी रहस्यमय पत्नी बुशरा बीबीमाथि विदेशबाट महँगो उपहार थोरै पैसा वा सित्तैमा लिएको आरोप… Continue reading इमरान खान र पत्नीलाई थप १४ वर्षको जेल सजाय
इमरान खानको जेल सजाय खारेज,कहिले रिहा हुन्छ ?
१२ भदौ , एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ । मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो । मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज गरेको हो । ट्रायल कोर्टले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर… Continue reading इमरान खानको जेल सजाय खारेज,कहिले रिहा हुन्छ ?
भ्रष्टाचार मुद्दामा १ लाख जरिवाना सहित इमरान खानलाई ३ वर्ष कैद सजाय
२० साउन,एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान फेरि पक्राउ परेका छन् । खानलाई शनिबार लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डनन्युजले जनाएको छ । पाकिस्तानको एक अदालतले खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ । इस्लामाबादमा रहेको एउटा अदालतले राज्यका उपहारहरू बिक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी… Continue reading भ्रष्टाचार मुद्दामा १ लाख जरिवाना सहित इमरान खानलाई ३ वर्ष कैद सजाय
इमरान खानविरुद्ध फेरि पक्राउ पुर्जी जारी
९ साउन, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्षसमेत रहेका खानविरुद्ध त्यहाँको निर्वाचन आयोगले अवहेलना मुद्दामा गैरजमानती वारेन्ट जारी गरेको हो । स्थानीय समाचार एजेन्सी डनका अनुसार आयोगले इस्लामावाद प्रहरीलाई मंगलबार पक्राउ गरी पेस गर्न निर्देशन दिएको छ । गत वर्ष अप्रिलमा विश्वासको मत नपाएपछि खान प्रधानमन्त्रीबाट… Continue reading इमरान खानविरुद्ध फेरि पक्राउ पुर्जी जारी
पूर्वप्रधानमन्त्री इमरान खान प्रहरीको घेरामा
६ भदौ ,एजेन्सी । पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका… Continue reading पूर्वप्रधानमन्त्री इमरान खान प्रहरीको घेरामा