टीयुमैदानमा फ्लडलाइट र प्याराफिट बोलपत्रमै सिमित

५ पुष , काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय (टीयु) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि पुनः बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रवार बोलपत्र आह्वान गरेको हो । प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ… Continue reading टीयुमैदानमा फ्लडलाइट र प्याराफिट बोलपत्रमै सिमित

त्रिविमा एकै पटक ८ डिन नियुक्त

३० मंसिर , काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयमा एकैपटक ८ जना डिन नियुक्त भएका छन् । त्रिविको कार्यकारी परिषद्ले ८ डिन नियुक्त गरेको हो । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए । शनिबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो… Continue reading त्रिविमा एकै पटक ८ डिन नियुक्त

कीर्तिपुरमा पढाउन पिएचडी गर्नैपर्ने,उपकुलपतिलाई ओलीले दिए १० दिन

२८ मंसिर , काठमाण्डौ। त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास भएको छ । सभामा पेश भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएका हुन्। पारित प्रस्तावमा विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्नका लागि न्यूनतम योग्यताको पुनर्विचार गर्ने र आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षाको व्यवस्था गर्ने उल्लेख… Continue reading कीर्तिपुरमा पढाउन पिएचडी गर्नैपर्ने,उपकुलपतिलाई ओलीले दिए १० दिन

त्रिवि स्नातक तहको प्रश्नपत्र अब नेपालीमा पनि

१७ चैत , काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अब अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा सोध्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालन… Continue reading त्रिवि स्नातक तहको प्रश्नपत्र अब नेपालीमा पनि

त्रिवि उपकुलपति बन्ने लाइनमा को–को छन् ?

९ माघ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन्  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति हिजो सोमवारसम्म ४३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा पूर्वपदाधिकारीसहित रहेका छन् । अहिलेका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालदेखि त्रिविका पूर्वउपकूलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका… Continue reading त्रिवि उपकुलपति बन्ने लाइनमा को–को छन् ?

आयो त्रिविको शैक्षिक क्यालेण्डर, कुन परीक्षा कहिले ?

५ माघ, काठमाडौं । सरकारका प्रवक्ता र संचार मन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयको परीक्षा र नतिजा समयमा सम्पन्न नहुँदा नेपाली विद्यार्थीहरु विदेशिरहेको टिप्पणी गरेको दुई दिन लगत्तै त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबार बसेको बैठकले शैक्षिक क्यालेण्डर प्रकाशित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालय… Continue reading आयो त्रिविको शैक्षिक क्यालेण्डर, कुन परीक्षा कहिले ?

त्रिविको उपकुलपति बन्न के चाहिन्छ योग्यता ?

२३ पुष,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि सोमबार पुनः आवेदन माग गरेको छ । गत शुक्रबार जारी भएको सूचनामा रहेका बुँदाको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरखास्त आह्वान रद्द गर्न निर्देशन दिएका थिए । छनोट तथा सिफारिस समितिले शुक्रबार प्रकाशन गरेको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष,… Continue reading त्रिविको उपकुलपति बन्न के चाहिन्छ योग्यता ?

विश्वमै सबैभन्दा धेरै विद्यार्थी त्रिविमा दीक्षित हुने

२ पुष ,काठमाण्डौ । विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित हुने भन्दै त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्डका लागि गिनिज बुकमा दाबी गरेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिविको ४९ औँ दीक्षान्त समारोह हुँदै छ । त्यस क्रममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । त्रिविका रजिष्टार पेशल दाहालका अनुसार दीक्षान्त समारोहमा साढे १२ हजार विद्यार्थी… Continue reading विश्वमै सबैभन्दा धेरै विद्यार्थी त्रिविमा दीक्षित हुने

अब स्नातकोत्तरमा नेपाली र अंग्रेजी पढ्न मापदण्ड परिवर्तन

१५मंसिर, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ।यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो। त्रिविका रजिष्ट्रार प्रा.डा… Continue reading अब स्नातकोत्तरमा नेपाली र अंग्रेजी पढ्न मापदण्ड परिवर्तन

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएपछी….

१९ साउन, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरूले बोकेर हिँडेको बताएका हुन् । शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको… Continue reading त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिन राख्न नदिएपछी….

तालाबन्दीको विरोध गर्दै त्रिविमा अनेरास्ववियुले गर्यो हस्ताक्षर संकलन

२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीको विरुद्धमा अनेरास्ववियुले हस्ताक्षर संकलन कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेको भन्दै अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय कमिटीले सुरु गरेको हस्ताक्ष संकलन कार्यक्रम आइतबार र सोमबार दुई दिन हुने छ । नेपाल विद्यार्थी संगठनले प्रश्नपत्र दोहोरिएको विषयलाई लिएर असार… Continue reading तालाबन्दीको विरोध गर्दै त्रिविमा अनेरास्ववियुले गर्यो हस्ताक्षर संकलन

त्रिविले अझै सार्वजनिक गरेन स्नातक पहिलो वर्षको नतिजा

१२ साउन, काठमाडौं । २०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालयले अझै सार्वजनिक गरेको छैन । नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने नतिजा सार्वजनिक हुने क्रममा रहेको र कतिपय विषयको सार्वजनिक हुन थालेको बताए । उनले भने, ‘कतिपय विषयको सार्वजनिक भइरहेका छन् । सम्भवत साउन… Continue reading त्रिविले अझै सार्वजनिक गरेन स्नातक पहिलो वर्षको नतिजा

११ बुँदे सहमतिपछि सातौं दिनमा त्रिविमा अनेरास्ववियूको आमरण अनशन अन्त्य

२ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यलयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले गरेको आमरण अनसन सातौं दिनमा अन्त्य भएको छ।अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए । सोमबार त्रिविको वार्ता समितिसँग ११ बुँदे सहमति भएपछि उनीहरुले अनशन… Continue reading ११ बुँदे सहमतिपछि सातौं दिनमा त्रिविमा अनेरास्ववियूको आमरण अनशन अन्त्य

त्रिभुवन विश्वविद्यालय अन्र्तगतको बीबीए छैटौँ सत्रको नेप्लिज सोसाइटी एण्ड पोल्टिक्स विषयको परीक्षा रद्द

२५ असार, काठमाण्डौ । बीबीए छैटौँ सत्रको नेप्लिज सोसाइटी एण्ड पोल्टिक्स विषयको परीक्षा रद्द भएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा महाशाखाले एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।छैटौँ सत्र नियमित परीक्षा २०२२ अन्तर्गत २५ असार अर्थात आज भएको परीक्षाका स्थगित भएको जानकारी गराएको हो । यो परीक्षा तालिका छिट्टै तोकिने जनाइएको… Continue reading त्रिभुवन विश्वविद्यालय अन्र्तगतको बीबीए छैटौँ सत्रको नेप्लिज सोसाइटी एण्ड पोल्टिक्स विषयको परीक्षा रद्द

हुबहु प्रश्नपत्र प्रकरणको छानबिन गर्न त्रिविले समिति बनायो

३० जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा… Continue reading हुबहु प्रश्नपत्र प्रकरणको छानबिन गर्न त्रिविले समिति बनायो

त्रिविमा लगाएको ताला नेविसंघले खोल्ने, भण्डाफोर कार्यक्रमको आयोजना

२७ जेष्ठ, काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारीका कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति विज्ञप्ती निकालेर त्रिविमा लगाएको ताला खोल्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार नेविसंघले दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखेको छ । नेविसंघ अध्यक्ष शेर्पाले त्रिविभित्रका भ्रष्टाचार,… Continue reading त्रिविमा लगाएको ताला नेविसंघले खोल्ने, भण्डाफोर कार्यक्रमको आयोजना