टोपबहादुर रायमाझी अस्पताल भर्ना

१५ चैत , काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेबाट निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ। हाल उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । रायमाझीको मुटुमा समस्या भएपछि बुधबार राति उक्त सेन्टरमा भर्ना गरिएको थियो । नेता रायमाझीको… Continue reading टोपबहादुर रायमाझी अस्पताल भर्ना

सर्वोच्चले माग्यो टोपबहादुरलाई थुनामा राख्ने आदेश

१६ पुष,विराटनगर । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र सरकार सचिव (निलम्बित) टेकनारायण पाण्डेको कैफियत माग गर्ने आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले थुनामा पठाउने निर्णय सदर गर्ने उच्च अदालतको आदेश र अन्य फाइल पेस गर्न आदेश गरेको हो।… Continue reading सर्वोच्चले माग्यो टोपबहादुरलाई थुनामा राख्ने आदेश

७ महिनापछि जेलमुक्त हुँदै पूर्व गृहमन्त्री खाँण

२९ मंसिर ,काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण सात महिनापछि आज रिहा हुँदै छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि नेता खाण शुक्रवार धरौटी बुझाएर रिहा हुन लागेका हुन् । खाण पक्षका वकिल वरिष्ठ अधिवक्ता… Continue reading ७ महिनापछि जेलमुक्त हुँदै पूर्व गृहमन्त्री खाँण

न्यायाधीशको राय बाँझिदा के हुन्छ ? खाणको भविष्य कसको हातमा ?

१५ मंसिर, काठमाण्डौ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सांसद तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिएको छ । साथै उच्चले उनका छोरा सन्दीप रायमाझीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रवार काठमाडौं जिल्ला अदालतको असार १ गतेको आदेश सदर… Continue reading न्यायाधीशको राय बाँझिदा के हुन्छ ? खाणको भविष्य कसको हातमा ?

नक्कली भुटानी शरणार्थी मुद्दा कसरी अगाडि बढिरहेको छ ?

१२ मंसिर,काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ । गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन् । आज खाजा समयअघि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ । सोमबारबाट बहस सुरु गरेका… Continue reading नक्कली भुटानी शरणार्थी मुद्दा कसरी अगाडि बढिरहेको छ ?

एआईजी ज्ञवाली र एसएसपी केसीलाई किन सरुवा गर्न खोजियो

३२ साउन, काठमाण्डौ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण र पछिल्लो समय चिकित्सकहरुले नक्कली प्रमाणपत्रका विषयमा अनुशन्धान गरिरहेका उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीलाई गृह मन्त्रालयले सरुवा गर्न खोजेपछि प्रहरी प्रधान कार्यालय र मातहत निकायमा तरङ पैदा भएको छ। समय… Continue reading एआईजी ज्ञवाली र एसएसपी केसीलाई किन सरुवा गर्न खोजियो

शरणार्थी प्रकरणमा क–कसको बयान सकियो ?

१९ जेठ , एजेन्सी । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुसँग बयान लिने क्रम जारी छ । आज पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग काठमाडौं जिल्ला अदालतमा बयान लिइनेछ । यही प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी पनि रहेको छ । उनीहरुको बयान… Continue reading शरणार्थी प्रकरणमा क–कसको बयान सकियो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ औं अभियुक्त पक्राउ परिन्

१२ जेठ, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी दियो। महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ औं अभियुक्त पक्राउ परिन्

शरणार्थी प्रकरणमा हाईप्रोफाइल भनिएका खाँण र रायमाझीमात्रै हुन् ?

९ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरुलाई जोगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलले निकै दबाव दिएपनि अन्ततः गृहमन्त्रीको नेतृत्वमा नेपाल प्रहरीले प्रतिवादीहरुलाई राज्यविरुद्धको अपराधसम्मको कसुर लगाइने सिफारिससहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । पक्राउ परेका १६ जना र फरार सूचीका अन्य १६ जनालाई विभिन्न ५ वटा मुद्दा चलाउनु पर्ने निष्कर्षसहित प्रहरीले… Continue reading शरणार्थी प्रकरणमा हाईप्रोफाइल भनिएका खाँण र रायमाझीमात्रै हुन् ?

१२ दिनपछि मञ्जुलाई बालकृष्णको याद आएपछी …

८ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँण १२ दिनपछि टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् । बालकृष्ण २७ बैशाखमा पक्राउ परेकोमा मञ्जु पहिलोपटक उनलाई भेट्न पुगेकी हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार सोमबार बिहान मञ्जु टेकु पुगेकी हुन् ।… Continue reading १२ दिनपछि मञ्जुलाई बालकृष्णको याद आएपछी …

टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति

१ जेठ, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सोमबार काठमाडौं जिल्ला अदालत लगिएका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गरिएको हो । अब रायमाझीलाई बुधबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउनेछ भने सोही दिन अदालत हाजिर गर्नेछ । यसअघि… Continue reading टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति

खाँणले फर्म्याट गरेको मोबाइल रिकभर हुँदै, रहस्य खुल्ने

२९ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको हो । अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले खाँणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको बताएका छन् । उनले को कोसँग कुराकानी… Continue reading खाँणले फर्म्याट गरेको मोबाइल रिकभर हुँदै, रहस्य खुल्ने

खाँण पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद

२७ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलिएको प्रकरणमा उच्च नेतृत्व मुछिदै गएपछि शीर्ष नेताहरुको पनि दौडधुप बाक्लिएपछि कतै यो प्रकरण त्यसै सामसुम त हुने होइन भन्ने आशंकाका बीच आज पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण निजि सचिवसहित पक्राउ परेका छन् । यही प्रकरणमा आरोपित अर्का… Continue reading खाँण पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद

तोसिमाको आरजुलाई प्रश्नः मलाई उत्तर दिनुपर्यो, भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?

२६ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको जिकिर गरिन् । सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट… Continue reading तोसिमाको आरजुलाई प्रश्नः मलाई उत्तर दिनुपर्यो, भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?

अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी / आरजु र मञ्जुलाई प्रहरीले सोधपुछ पनि नगर्ने !

२५ वैशाख, काठमाण्डौ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज संसदमा बोल्न नपाएको निहुँमा अर्धनग्न भएर सभामुखको ध्यानाकर्षण गराएकै दिन उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । सिंह पूर्व कांग्रेस नेता हुन् । उनलाई पदीय शक्ति… Continue reading अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी / आरजु र मञ्जुलाई प्रहरीले सोधपुछ पनि नगर्ने !

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.