सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

२४ मंसिर , काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । उनले सर्वोच्च अदालतको परमादेशअनुसार बुधबार १० बजे प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । शाक्यले आफू सर्वोच्च अदालतबाट न्याय पाएर पुनः काममा फर्किएको बताएका छन् । अदालतको फैसलापछि बुधबार प्राधिकरणमा पुनर्बहालीका लागि पुगेका शाक्यले पद पुनर्बहाली गर्दै… Continue reading सर्वोच्चको परमादेशपछि हितेन्द्रको पदभार,के गर्छन् मनोज सिलवाल ?

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

१६ मंसिर, काठमाण्डौ । आफ्नो नियुक्ति बदर र प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गरेकी छन्। सोमबार सर्वोच्च अदालतमा पेस गरिएको ९ पृष्ठ लामो जवाफमा उनले आफ्नो नियुक्तिको संवैधानिक बचाउ गर्दै अब प्रतिनिधिसभा पुनस्र्थापना हुनै नसक्ने जिकिर गरेकी छन्। उनले देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै रिट निवेदकका मागहरू खारेज… Continue reading सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

२ मंसिर , काठमाण्डौ । महान्यायाधिवक्ता सविता भण्डारीको नाम समेत जोडिएको किशोरीहरूको डिम्ब अवैध कारोबार गर्नेलाई उन्मुक्ति दिइएको विवादमा दायर भएको रिटको पेसी सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा सुनुवाइका लागि तोकिएको छ । अधिवक्ता उपेन्द्र राउतसमेतले दायर गरेको रिट आज प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको हो । बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकबाट… Continue reading महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

युवराज कँडेल र नवीन ढुंगानालाई तीन÷तीन महिना कैद

१४ असोज , काठमाण्डौ। सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन÷तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधाकुरा डट… Continue reading युवराज कँडेल र नवीन ढुंगानालाई तीन÷तीन महिना कैद

सरकारी वकिलको कार्यालय सन्दीपविरुद्ध सर्वोच्च जाने, फाइल महान्यायाधिवक्ता कार्यालयमा

१७ भाद्र, विराटनगर । नेपाली क्रिकेटका स्पिनर सन्दिप लामिछानेविरुद्ध उच्च सरकारी वकिलको कार्यालय, पाटनले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने राय दिएको छ । पुनरावेदन गर्नुपर्ने रायसहितको फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको उच्च सरकारी वकिलको कार्यालयका प्रमुख शंकर खत्रीले बताए । ‘उच्च अदालत पाटनबाट भएको फैसला सच्याउन सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन हामीले महान्यायाधिवक्ता कार्यालयमा पठाइसकेका छौं,’… Continue reading सरकारी वकिलको कार्यालय सन्दीपविरुद्ध सर्वोच्च जाने, फाइल महान्यायाधिवक्ता कार्यालयमा

निर्वाचनको नतिजाविरुद्धको खनालको माग सर्वोच्चद्वारा अस्वीकार

५ असार, काठमाडौं । निर्वाचनको नतिजा बदर गरिपाऊँ भन्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम–१ को निर्वाचन परिणामलाई सदर गरेको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेता खनालले धाँधलीयुक्त निर्वाचित गरी आफूलाई पराजित गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट… Continue reading निर्वाचनको नतिजाविरुद्धको खनालको माग सर्वोच्चद्वारा अस्वीकार

अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

५ असार, काठमाडौँ । सर्वोच्च अदालतले सीधा कुरा डटकमविरुद्धको अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ । यसअघि नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको मुद्दा ७ सदस्यीय इजलासबाट टुंगो लागेको भन्दै सर्वोच्च अदालतले बढी न्यायाधीश सम्मिलित इजलासबाट विवाद निरुपण हुनुपर्ने राय लेखेको हो । न्यायाधीश डा. कुमार चुडाल र विनोद… Continue reading अदालतको अवहेलना मुद्दा बृहत पूर्ण इजलासमा पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्चले माग्यो टोपबहादुरलाई थुनामा राख्ने आदेश

१६ पुष,विराटनगर । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र सरकार सचिव (निलम्बित) टेकनारायण पाण्डेको कैफियत माग गर्ने आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले थुनामा पठाउने निर्णय सदर गर्ने उच्च अदालतको आदेश र अन्य फाइल पेस गर्न आदेश गरेको हो।… Continue reading सर्वोच्चले माग्यो टोपबहादुरलाई थुनामा राख्ने आदेश

सर्वोच्चको सरकारलाई प्रश्नः दूतावासले आफूखुसी शुल्क किन लिएको ?

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले विभिन्न देशमा रहेका नेपाली दूतावासहरुबाट अधिकृत वारेसनामा बनाउँदा आफूखुसी शुल्क लिनुको कारण पेश गर्न सरकार र परराष्ट्र मन्त्रालयका नाममा आदेश जारी गरेको छ । अधिवक्ता दिपकराज जोशीले अधिकृत वारेशनामाको शुल्कमा एकरुपता कायम हुनुपर्ने माग राखी दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । अधिवक्ता जोशीले विदेशस्थित… Continue reading सर्वोच्चको सरकारलाई प्रश्नः दूतावासले आफूखुसी शुल्क किन लिएको ?

नागरिकता वितरणको बाटो खुलेन

२६ जेठ,काठमाण्डौ । सर्वोच्च अदालतले विवादास्पद नागरिकता विधेयकको प्रमाणीकरण कार्यन्वयन नगर्न यसअघि एकल इजलासले गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यो आदेशसँगै तत्काल नयाँ ऐन अनुशार नागरिकता वितरण गर्न सकिने छैन् । न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले शुक्रबार भएको सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । अदालतले नागरिकता विधयेकसम्बन्धी मुद्दामा… Continue reading नागरिकता वितरणको बाटो खुलेन

चोलेन्द्र नफर्किदा सर्वोच्चको कमान हरिकृष्णलाई

९ असोज, काठमाण्डौ । सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशबाट दीपककुमार कार्की विदा हुँदैछन् । झण्डै साढे ७ महिना सर्वोच्चको नेतृत्व गरेका कार्की उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन् । असोज १७ गतेदेखि ६५ वर्षको उमेरहदका कारण उनी विदा हुने भएका हुन् । भोलिदेखि अदालतमा दशैं बिदा सुरू हुने भएकाले आजै कामु कार्कीलाई सर्वोच्च अदालतले… Continue reading चोलेन्द्र नफर्किदा सर्वोच्चको कमान हरिकृष्णलाई

भुवन केसीको नियुक्तिबारे सर्वोच्चद्धारा लिखित जवाफ माग

३० साउन, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग गरेको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक… Continue reading भुवन केसीको नियुक्तिबारे सर्वोच्चद्धारा लिखित जवाफ माग

सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

२० साउन, काठमाडौँ । सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ । सर्वोच्च अदालतको गएको असार २२ गते बसेको पूर्ण बैठकले आजदेखि लागू हुने गरी शुक्रवार पनि पूरा समय सेवा दिने निर्णय गरेको थियो । अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्योट हुने विश्वास गरिएको छ ।… Continue reading सर्वोच्च अदालतले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने