दोषी ठहरिएका सन्दीप न्यायको प्रतिक्षामा

२३ चैत , विराटनगर। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेलाई दोषी ठहर भएको बलात्कार मुद्यामा आज पाटन उच्च अदालतमा पेशी रहेको छ । आज अदालतमा मुद्याको पुनरावलोकन हुने कि नहुने तय हुने छ । गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्यामा दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको… Continue reading दोषी ठहरिएका सन्दीप न्यायको प्रतिक्षामा

सन्दीपविरुद्ध बलात्कार मुद्दाको फैसला आज

१३ पुष, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । रमणकुमार श्रेष्ठको बहस नसकिएकाले… Continue reading सन्दीपविरुद्ध बलात्कार मुद्दाको फैसला आज

आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने

१२ पुष ,काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतमा वुधबार न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेको उक्ता मुद्दामा आज सुनुवाइ जारी रहनेछ । बुधबार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज सन्दीप पक्षका वकिलको बहस हुने छ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधबारसम्म १० जनाले बहस… Continue reading आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने

सन्दीपको मुद्दामा डाक्टरकै बकपत्र बाँकी

२६ चैत, काठमाण्डौ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश भएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको हो। लामिछानेका वकिल मुरारी सापकोटाले वादी पक्षले दुई जना साक्षीको वकपत्र नभएकाले तिनलाई बुझ्ने आदेश गरिपाउँ भन्दै निवेदन दिएकाले त्यही… Continue reading सन्दीपको मुद्दामा डाक्टरकै बकपत्र बाँकी

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ

२६ चैत ,काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम फैसलाका लागि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेशी तोकेको हो । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । सन्दीपको मुद्दाको पेसी न्यायाधीश शंकरराज बरालको… Continue reading सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ

सन्दीपलाई थुनामै राख्ने गरी सरकार सर्वोच्च जाने

१५ माघ, काठमाण्डौ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको प्रवक्ता सञ्जिवराज रेग्मीले बताए । उनका… Continue reading सन्दीपलाई थुनामै राख्ने गरी सरकार सर्वोच्च जाने

सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

९ माघ, काठमाण्डौ । नाबालिकालाई जबरजस्तीकरणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्धामा आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ । यसअघि अन्तिम फैसलाका लागि सन्दीपलाई पुर्पक्षको लागि थुनामा पठाउँदै जिल्ला अदालतले आजका लागि पेशी तोकिएको थियो । उनको मुद्धामा आज सुनुवाई हुने सम्भावना रहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरले बताएका छन् । जिल्ला अदालतको अन्तिम फ्रसला… Continue reading सन्दीपको मुद्दामा आज फैसला आउन सक्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.