×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

आज माघे सङ्क्रान्ति मनाइँदै

विराटनगर, माघ १
आज माघे सङ्क्रान्ति नेपालका विभिन्न ठाउँमा तीर्थहरुमा स्नान गरी भगवान् विष्णुको पूजाआजा गरी मनाइँदैछ । हरेक वर्ष माघ १ गतेलाई नेपाली समाजमा माघे सङ्क्रान्ति तथा मकर सङ्क्रान्ति पर्वका रुपमा मनाउने गरिन्छ ।

माघ १ गतेदेखि सूर्य मकर रेखामा संक्रमण भई उत्तरायण हुनेहुँदा यस सङक्रान्तिलाई मकर सङ्क्रान्ति भन्ने गरिएको हो । लोकमा माघ १ गतेदेखि सूर्य दक्षिणायनबाट उत्तरायाणमा प्रवर्तन हुनेहुनाले र रात छोटा हुँदै जाने र दिन लामा हुनथाल्ने मानिन्छ । पूर्वीय ज्योतिष गणनामा सूर्य कर्कटरेखामा सङ्क्रमण हुने सङक्रान्ति वा साउने सङ्क्रान्तिबाट दक्षिणायन शुरु हुने र त्यसको ६ महिनापछि सूर्य मकर रेखामा सर्ने सङ्क्रान्ति वा माघे सङक्रान्तिबाट सूर्य उत्तरायण हुने गरी वर्ष दिनमा दुई अयन हुने विधान छ ।

Advertisement

धार्मिक कार्य यज्ञादिका लागि उत्तरायणको अवधि उत्तम मानिन्छ । महाभारतको युद्ध दक्षिणायनमा भएको थियो । इच्छामरणको वरदान पाएका भीष्मपितामहले युद्धमा घाइते भई सरशैयामा रहेर देह त्याग गर्न यही उत्तरायणको दिन पर्खेर बसेका थिए । माघे सङक्रान्तिदेखि जगतमा जाडो ओरालो लागि गर्मी बढ्नथाल्ने हुनाले यस दिनदेखि वर्षा लागेको पनि मान्ने गरिन्छ । कृषि सभ्यतामा माघ लागेपछि वर्षे बालि लगाउने तयारी पनि गरिन्छ ।

माघे सङ्क्रान्तिमा नदी संगम त्रिवेणी तथा तीर्थहरुमा स्नान गरी भगवान् विष्णुको पूजाआजा गर्नुका साथै मेला भर्ने चलन छ । माघे सङ्क्रान्तिलाई थारु समुदाय र मगर सुमुदायले आफ्नो प्रमुख पर्व माघीको रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन साँझ घरघरमा मासका फुरौला,बटुक,सेलरोटी,तरुल,सखरखण्ड लगाएतका कन्दमूल खाने चलन छ । भोलिपल्ट सङ्क्रान्तिका दिन नदीमा स्नान गर्ने अनि तिनै परिकार खाई मेला भर्ने नाचगान गरी रमाउने गरिन्छ । साँझ घर फर्केर मासको दाल र चामल मिसाएर नून,बेसार अदुवा घिउ हालेर पकाइने परिकार खिचडी खाने गरिन्छ ।

माघे संक्रान्तिको अवसरमा माईखोला, कन्काईको किनार, कोशी किनारको चतराधाम, दोलालघाट, देवीघाट चितवनको देवघाटमा स्नान गरी मेला भर्नेको घुइँचो लाग्छ । यसैगरी कालीगण्डकीको किनारमा रहेको नेपालको प्रसिद्ध धाममध्ये एक मानिने रुरुक्षेत्र वा ऋडीमा माघे सङक्रान्तिदेखि तीन दिने मेला शुरु हुन्छ । कालीगण्डकीमा स्नान गरी भगवान ऋषिकेशको दर्शन गरेर सङक्रान्ति मेला भर्न गुल्मी,पाल्पा,स्याङ्जा,अर्घाखाँची,पर्वत,बागलुङ,रकुम प्यूठान लगायतका जिल्लाबाट मानिसहरु यहाँ भेला हुन्छन् । यहाँ रहेका भगवान् हृषिकेशको उत्पत्ति र रुरुक्षेत्रका सम्बन्धमा वाराह पुराणमा उल्लेख भएको पाइन्छ ।

पौराणिक उल्लेख अनुसार यहाँ भृगुवंशी ब्राह्मण बस्थे। भृगुकुलका एक तपश्वी देवदत्त ब्राह्मण वेदवेदाङ्गमा पारंगत थिए । उनले कालीगण्डकीको पवित्र तटमा आश्रम बनाई तपस्या गर्न लागे । कठोर तपस्या गर्दागर्दै उनले भगवान् शिव र विष्णुमा भेद गरी विष्णुमा मात्र ध्यान दिनथाले । उनको तपस्या अझ कठोर हुँदै थियो । यो देखेर देवराज इन्द्र, इन्द्राशन डग्ने डरले आत्तिए । अनि देवदत्तको तपस्या भंग गराउने मनशायले इन्द्रले स्वर्गबाट अति सुन्दरी परी प्रम्लोचाका साथै गन्धर्व पठाए ।

उनीहरु द्येवदत्तको आश्रममा आई नाचगान गरी रमिता गर्न थाले । देवदत्तले आँखा खोली हेर्दा प्रम्लोचाको हाउभाउ देखे । त्यसबाट उनको तपस्या विचलित भो । प्रम्लोचासित प्रेमालाप गर्न थाले । पछि देवदत्तलाई आफू दिग्भ्रमित भएको चेत खुल्यो । प्रम्लोचालाई त्यहीं छाडी देवदत्त कालीकिनारको उत्तरी उच्च स्थानमा गएर पुनः तपस्या गर्न थाले । यता प्रम्लोचा देवदत्तबाट गर्भवती भएकी थिइन् । उनीबाट छोरी जन्मिइन् । ती छोरीलाई आश्रममै छाडी प्रम्लोचा स्वर्ग फिर्ता आइन् । ती विकल कन्यालाई मृग वा रुरुले दूध खुवाएर बचाए, हुर्काए । रुरुले हुर्काएकी हुनाले ती कन्याको नाम रुरुकन्या हुन गयो । रुरुकन्या युवती भइन् ।

आसपासका युवाहरुले उनको सुन्दरता देखेर विवाहको प्रस्ताव गरे । तर रुरुकन्याले विवाह नगरी तपस्या गर्ने निधो गरिन् । उनले भगवानविष्णुको कठोर तपस्या गरिन् । तपका कारण उनका इन्द्रिय सबै आन्तरिक भए । उनको यो भक्ति देखेर भगवान विष्णु आफै तपस्या स्थलमा आउनुभयो । रुरुकन्याका सबै इन्द्रिय आन्तरिक योगमा फर्किएकाले उनले देख्न सकिनन् । भगवान विष्णु उनको अन्तरमा प्रवेश गरी इन्द्रिय बहिर्मुख बनाइदिनुभयो र रुरुकन्याले विष्णुको दर्शन गरिन् । रुरुकन्यालाई वरदान माग भन्दाले लोक कल्याणका लागि भगवानलाई साक्षत्रुपमा यही रुरुक्षेत्रमा रहन उनले आग्रह गरिन् ।

भगवान विष्णुले त्यसलाई तथास्तु भन्दै यस पवित्र तीर्थको नाम रुरुकन्याकै नामबाट रुरुक्षेत्र रहने थप वरदान दिनुभयो । भगवान विष्णुले हृषिक इन्द्रियको ईश स्वामीको रुपमा यो कार्य गर्नुभएकाले उहाँको यो अवतारलाई हृषीकेश भनिएको हो । भगवान विष्णु हृषिकेशकारुपम मूर्तिमा साक्षत् भई रहनुभयो । रुरुकन्याले आफ्नो जीवनभर यस साक्षात् मूर्ति पूजन गरिन् ।जीवनको अन्त्यमा हृषीकेशको मूर्ति काखमा लिई गंगामा प्रवेश लौकिक जीवन अन्त्य गरिन् । सोही मूर्ति पछि पाल्पाका धर्मात्मा राजा मणिमुकुन्द सेनले गंगा स्नानका बेला प्राप्त गरी यस स्थानमा स्थापना गरेका हुन् ।

माघे संक्रमन्ति मेलामा विभिन्न स्थानीय उत्पादनको पनि क्रयविक्रय हुनेछ ।काठमाडौ उपत्यका लगायतका स्थानमा यस दिन घिउ, तिल मिसाएको चाकु,तरुल, उखु खाने घाममा बसेर शरीरमा तोरीको तेल घस्ने चलन छ । यसो गर्नाले जाडोबाट ज्यान जोगाउन बल पुग्ने विश्वास छ ।

माघे सङ्क्रान्तिलाई थारु समुदायले आफ्नो मुख्य चाड मानेर मनाउने परम्परा छ । यस दिनमा घर तथा चौर वा सार्वजनिक स्थलमा थारु समुदायका पुरोहित गुरौबाट प्रकृति र पितृको विधिपूर्वक पूजाआजा गर्ने चलन छ । माघीलाई यस समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेको छ । माघीका दिनमा वर्ष भरिको हरहिसाब मिलाउने र नयाँ व्यवहारको थालनी गर्ने चलन छ । यसै दिन थारु समुदायमा आगामी वर्षका लागि नयाँ मुखिया या थकाली छनोट गरिन्छ । परम्परागत रुपमा छानिने थकालीले समुदायमा हुने आपसी विवाद मिलाई समाजको विकास र समुन्नतिमा नेतृत्व प्रदान गर्छन् ।

माघी पर्वको अवसरमा थारु समुदायमा नयाँ वस्त्र लगाउने,आपसमा भेटघाट गर्ने अनि माछामासु लगाएत परम्परागत परिकार खाने चलन छ । नेपालको तराई क्षेत्रमा बसोवास गर्ने थारु समुदायले यस पर्वलाई बडो उल्लास र हर्षपूर्वक मनाउने हुँदा माघी लाग्नु अघि नै गाउँवस्तीमा माघी भव्य तयारी गरिन्छ । माघी दिन मिठा परिकार खाने र आफन्तलाई बोलाएर खुवाउने हुँदा यो पर्वको रौनकले तराईक्षेत्र नै पर्वमय बनेको हुन्छ । थारु समुदायको गीत गायन तथा मयुरनाच लट्ठीनाचले त झन दुनियालाई आकर्षित गरेको हुन्छ । आजभोलि आएर राजधानी काठमाडौको टुँडीखेलमा पनि माघी महोत्सव गर्न थालिएको छ ।

माघे सङ्क्रान्तिलाई मगर समुदायले पनि प्रमुख पर्वको रुपमा मनाउँदै आएको छ । यस अवसरमा मगर समुदायको परिवारका मुख्य सदस्यले पर्वका दिन नदीकिनारमा गई आफ्ना इष्टदेव तथा पितृको पूजाआजा गर्ने गर्दछन् । बिहानको पूजाआजा सकिएपछि आफ्नो परम्परागत पोशाक लगाई खुर्पेटो भिरेर कौरा गाई नाच्ने मनोरञ्जन गर्ने गरिन्छ । यस पर्वमा मगर समुदायमा बारा रोटी लगाएतका परम्परागत परिकार खाने चलन छ । छन्त्याल समुदायले पनि माघेसङक्रान्ति पर्व यसै गरी मनाउने र आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन् । एकै दिनको एउटै पर्वले नेपाली समुदायमा विभिन्न अर्थ राख्ने माघे सङ्क्रान्ति तथा माघीका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।
यस पर्वले विभिन्न समुदायलाई जाडेर सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउन पनि मद्दत गरेको छ ।

Advertisement

पर्व एउटै तर मनाउने अर्थ र क्षेत्र फरक फरक रहेको माघे सङ्क्रान्ति तथा माघीले अनेकताका बीच समन्वयको भाव सञ्चारण गरेको छ । ठाउँ ठाउँका मेला,माघीको रौनक र साँस्कृतिक नाचगानले एकातिर देशवासीलाई हर्षखुशी दिएको छ भने अरुलाई विविधताबीच एकताको सन्देश दिएको छ । पर्वको उल्लासले पर्यटकीय आकषर्ण दिएको छ । विभिन्न फूलले सजिएको फूलबारीले जस्तै गरी सामाजिक सद्भावको सौन्दर्य दिएको छ । पर्वीय परिकारको क्रयविक्रयले आर्थिक गतिविधि बढाएको छ । आकशीय पिण्डको सङ्क्रमण र समय परिवर्तनको चेतनासँगै रमाउने यस्ता पर्वहरुले एकातिर खगोलीय अवस्थाको अध्ययनमा आकर्षित गर्छन् भने अर्कातिर प्रकृतिको प्रगतिसँग जीवन बिताउने जीवन गति सञ्चालन गर्ने सहज जीवनशैली सिकाउँछन् । यसैले पनि पूर्वका पर्वहरु मननीय छन् पठनीय छन् अनुकरणीय छन् । माघे सङ्क्रान्ति तथा माघी पर्व पनि यस्तै महिमाले घनिभूत नेपाली समाजको एक महत्वपूर्ण पर्व हो ।( नेपाल समाचारपत्रबाट)

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top