×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

प्राकृतिक कारणले गैंडाको मृत्युदर उच्च हुँदै गएपछि अध्ययन गरिँदै

२३ आश्विन २०७७

२३ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मृत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो । विज्ञलाई अध्ययनमा सहभागी गराइने छ । निकुञ्जको पश्चिमी क्षेत्रमा बढी गैंडा मरेपछि अध्ययन त्यस क्षेत्रमा केन्द्रीत हुनेछ ।

उनका अनुसार प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि न्यूनीकरणका लागि गर्न सकिने उपायको खोजी गरिने छ । कहिलेदेखि अध्ययन थाल्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

गएको दुई महिना नपुग्दै चोरी सिकारीबाट एउटा र प्राकृतिक कारणबाट सात वटा गैंडा मरेपछि निकुञ्जले अध्ययन गर्न लागेको हो । अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए भने गएको आवमा यो सङ्ख्या २६ रहेको थियो ।

मुख्यरुपमा गैंडा बाढीले बगाएर, दलदलमा फसेर, एक अर्कोसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैंडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ । नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेको छन् ।

नदीले बगाएका गैंडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए । विभागले यसअघि पनि गैंडाको प्राकृतिक मृत्युदरबारे अध्ययन गरेको थियो ।

निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार चालु आवको साउन २७ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा सात गैंडा प्राकृतिक कारणले र एउटा गैंडा तस्करले मारेका छन् । उनका अनुसार साउन २७ गते राप्ती नदी किनारको अन्द्रौलीघाटमा २० वर्षको पोेथी गैंडा मृत फेला परेको थियो । त्यस गैंडा भालेको आक्रमणबाट मृत्यु भएको हो । भदौ ६ गते राप्ती किनारको जोतुवाघाटमा दलदलमा फसेर सात वर्षको पोथीको मृत्यु भएको थियो ।

यस्तै भदौ २१ गते बाँदरझुला टापुमा २५(३० वर्षको भाले गैंडा तस्करले मारेका छन् । त्यस गैंडाको टाउकोमा हतियारले प्रहार गरेको घाउ देखिएको थियो तर खाग, खुर भने सुरक्षित रहेका थिए । असोज १६ गते टापु क्षेत्रको सेरावा घोलमा कुहिएको अवस्थामा वृद्ध गैंडा मृत फेला परेको छ । त्यस गैंडाको लिङ्ग र उमेरसमेत पहिचान हुन नसकेको सूचना अधिकारी रामले जानकारी दिए ।

यस्तै असोज १७ गते त्रिवेणीमा रहेको गण्डक नहरमा मृत गैंडा भेटिएको थियो । पैँतीस वर्षको पोथी गैंडा नारायणी नदी पार गर्ने क्रममा नदीले बगाएको उनले जानकारी दिए । यसैगरी असोज १९ गते एकै दिन दुई गैंडा मृत फेला परेका थिए ।

एउटा वयस्क पोथी वाल्मीकि गण्डक नहरमा खसेर मरेको थियो । त्यस गैंडालाई नारायणीले बगाएको अनुमान गरिएको छ । अर्को १०(१२ वर्षको भाले सौराहा क्षेत्रको वनकट्टा घाँसे मैदानमा त्यही दिन मृत फेला परेको थियो । भिरालो जमिनमा लडेर त्यस गैंडा मरेको हो ।

असोज २१ गते नारायणी नदी छेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैंडा मृत फेला परेको थियो । गैंडा नारायणी नदीले बगाएको हो । यस अवधिमा मरेका गैंडामध्ये चार वटा बाढीकै कारण मरेका हुन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top