×

NEPAL TIMES UPDATES

Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026
Playing
Top 15 Afternoon News || Mar-09-2026 || Nepal Times
Mar 09, 2026
Playing
मात्र ३ मिनेट कारोबार भएको सेयर बजारमा उथलपुथल, अलटाईम हाईको प्रक्षेपण || Nepal Times
Mar 09, 2026
Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026
Playing
पर्दा पछाडिका नायक मोज्तबा बने इरानका सर्वोच्च नेता|| Nepal Times
Mar 09, 2026
Playing
नेपालमा पहिलो पटक धारा ७६(१) बमोजिम सरकार बन्दै || Nepal Times
Mar 09, 2026
Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026

चल्दैन हुलाक तर सम्भावना जीवितै

२४ आश्विन २०७७

काठमाडौँ : ‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी
सासूलाई चाबी, सालोलाई जाबी, सालीमाज्यूलाई झम्के बुलाकी । ’
गायिका हीरादेवी वाइबाले मारुनी भाकामा उहिल्यै गाएको यी गीतका गेडामा भनिए जस्तै धनकुटाको डाँडैडाँडा अचेल हुलाकी चल्दैनन् । न त अचेल सालीले नाकैमा झम्के बुलाकी झम्काउँछन् ।

विज्ञान र प्रविधिले दिनहुँजसो नयाँ फड्को मारिरहेको समयमा हुलाकीले बोक्ने चिठीपत्र इमेल, इमो, म्यासेन्जर लगायत आधुनिक विद्युतीय हुलाकीले बोकिरहेका छन् । सहरका विभिन्न ठाउँमा राखिएका पत्र मञ्जूषामा आजकल पत्र खस्दैनन् ।

अड्डा अदालत, सरकारी कार्यालयका चिठीपत्र र पत्रपत्रिका बाहेक हुलाकले व्यक्तिगत पत्र बोक्ने काम कमै पाउन थालेको छ । यद्यपि बदलिँदो परिस्थितिमा त्यो विगतको हुलाकले आधुनिक काँचुली फेर्ने प्रयत्न गरिरहेको छ । त्यसैले त यस वर्षको विश्व हुलाक दिवसमा नारा नै बनेको छ, ‘मोर देन मेल’ ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । सोही दिनलाई विश्व हुलाक दिवसका रूपमा विश्वभर मनाइन्छ ।

नेपालले २०१३ सालमा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको हो । विक्रम संवत् १९३५ मा नेपाल हुलाक घर स्थापनासँगै नेपालमा हुलाक सेवा प्रारम्भ भएको हो । यसलाई नेपालमा पुरानो सरकारी अड्डाका रूपमा समेत लिइन्छ । किन हो कुन्नि ? कर्मचारीको अरुचिको क्षेत्र बनेको छ अचेल हुलाक । यद्यपि देशभरि तीन हजार ९९४ वटा हुलाक संरचना मार्फत जनताको सेवामा समर्पित हुलाकमा करिब ३० हजार जनशक्ति अझै कार्यरत छन् ।

हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हुलाकसँग रहेको त्यो सङ्गठन संरचना र जनशक्तिलाई सरकारको प्रथम सेवा प्रदायकका रूपमा विकास गर्न सकिने सम्भावना जीवितै रहेको बताउनुभयो । उहाँले त्यसका लागि व्यावसायिक क्षमताको उपयोग र कर्मचारीमा उत्प्रेरणा आवश्यक छ भन्नुभयो ।

राणाकालमा हुलाकीले रात, बिहान, हिउँद, वर्षा, जङ्गल, खोला केही भन्न पाउँदैनथे । रातभर पनि हुलाक चालू राख्नुपर्ने नियम थियो । रातमा पनि हिँड्नुपर्ने भएकाले हुलाकीले बोक्ने भाला जस्तो लट्ठीमा घन्टी झुन्ड्याइएको हुन्थ्यो ।

छिन्द्रिङ छिन्द्रिङ घन्टी बजाउँदै हुलाकी चलेपछि कसैले रोक्नु छेक्नु राजकाज अपराध नै मानिन्थ्यो । यसको अर्थ हो, द्रुुत सेवा । सूचनाको द्रुुत पहुँच स्थापित गर्ने मान्यता । जुन आज पनि उत्तिकै महìवपूर्ण र सान्दर्भिक छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

सम्बन्धित खबरहरु

Scroll to Top