×

NEPAL TIMES UPDATES

Playing
नेपालमा पहिलो पटक धारा ७६(१) बमोजिम सरकार बन्दै || Nepal Times
Mar 09, 2026
Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026

बहराइनको राजपरिवारको नाममा गोरखाली डाँडाको नामाकरण

२४ आश्विन २०७७

गोरखा : चुमनुब्री गाउँपालिका १ सामागाउँको एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरेका छन् ।

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको भ्रमणको अवसर पारेर सामागाउँका बासिन्दाले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरेका हुन् । बहराइनका राजपरिबारका सदस्य भ्रमणमा आउँदा दिने महत्वपूर्ण कोसेलीको रुपमा पहाडको नाम दिएको वडा सदस्य मिङ्मार लामाले बताए । ‘हामीले कोसेलीस्वरुप पैसा दिन सक्दैनौँ । पैसा उहाँहरुसँगै छ । हामीले दिने त्यस्तो नयाँ सामान पनि छैन । जे चाहे पनि उहाँहरुसंगै छ । माया र सद्भाव देखाउन हामीसंग जे छ, त्यही कोशेली दिने हो, त्यसैले हाम्रो एउटा पहाडको नाम दिएका हौँ’, वडासदस्य मिङ्मार लामाले भने, ‘राजकुमार आउनुभन्दा अघि गाउँ भेला गरेर पहाडलाई बहराइनको नाम दिने निर्णय गरेका थियौँ ।’ राजपरिवारको नाम दिएपछि राजकुमार अत्यन्त खुसी भएको उनले बताए ।

‘उहाँको स्वागत कार्यक्रममा वडाअध्यक्ष वीरबहादुर लामाले पहाडको नाम दिएको औपचारिक जानकारी गराएपछि उहाँ धेरै खुशी हुनुभयो अनि हेलिकोप्टर लिएर पहाड हेर्न जानु भयो’, वडासदस्य लामाले भने, ‘अनि फर्केर आएर हामीलाई धेरै धन्यवाद दिनुभयो । सामागाउँको सुखदुखमा सँधै साथ दिने वचन दिनुभयो ।’

राजा वीरेन्द्र सामागाउँको भ्रमणमा आउँदा पनि गाउँलेले एउटा महत्पूर्ण तालको नाम वीरेन्द्रलाई दिएका थिए । ‘पहिले राजा वीरेन्द्र यहाँ भ्रमण गर्न आउँदा पनि हामीले यहाँको सबैभन्दा ठूलो तालको वीरेन्द्र तालको नाम दिएका थियौँ’, उनले बताए ‘यो हाम्रो ठूला पाहुनालाई सम्मान गर्ने परम्परा हो ।’ राजाको नामको ताल छ भनेपछि यहाँसम्म आइपुग्ने जो कोही पनि वीरेन्द्र ताल हेर्न भनेर जाने गरेकाले सो पहाडसम्म पनि पर्यटन विकास हुने विश्वास लिएको उनले बताए । ‘पछि भविष्यलाई राम्रो हुन्छ, पर्यटन विकास हुन्छ भनेर त्यसो गरेका हौं’, उनले भने ।

साविकको पङ्वोछे डाँडा ५,१६० मिटर अग्लो छ । ‘झलक्क हेर्दा हाम्रो पङ्वोछे डाँडा नुर्बु(डायमण्ड) जस्तो देखिन्छ । गुरु मेलारेप्पा गुफा पनि छ’, उनी भन्छन्, ‘गण्डकी खोलापारि पर्ने त्यहाँ हरसाल हिउँदका बेला गाउँलेले याकचौरीको गोठ राख्ने मुख्य ठाउँ हो ।’, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

सम्बन्धित खबरहरु

Scroll to Top