३० असाेज, बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४ लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई पक्राउ गरेको छ।
प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसन गरेको थियो । उनीहरूलाई रुपन्देहीको सियारी–७ स्थित खनाल मिठाई पसलबाट रंगेहात पक्राउ गरेकाे अख्तियार बुटवलले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसनधान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।