५ कार्तिक, एजेन्सी ।
भारतले लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई फिर्ता गरेको छ।
भारत–चीन सीमा पार गरेर भारततर्फ आएका चिनियाँ सैनिकलाई फिर्ता गरिएको भारतीय सेनाका अधिकारीले बताएका छन्। भारतीय सेनाले विज्ञप्ति जारी गरेर ती चिनियाँ सैनिकलाई सबै मेडिकल सुविधा र अक्सिजन पनि दिइएको बताएको छ।
‘वर्तमान प्रोटोकल’ अनुसार उनलाई चीनसमक्ष सुम्पिएको विज्ञप्तिमा उल्लेख छ । चीनको ग्लोबल टाइम्सका अनुसार, पीएलए सैनिक एक गोठालालाई सहयोग गर्ने क्रममा आइतबार राति गल्तीले सीमा पार गर्न पुगेका थिए।
आचार संहिता पालना गर्दै पक्राउ गरिएका चिनियाँ सैनिकलाई फिर्ता पठाइएको भारतीय सेनाले जनाएको छ।