विराटनगर, जेठ ४
मोरङको रंगेलीमा मध्यम वर्गीय परिवारमा जन्मीएर विराटनगरलाई कर्मथलो बनाएका साजिद आलम राष्ट्रिय देखी अन्तराष्ट्रिय स्तर सम्म मोडलीङ गरिसकेका छन् ।
माध्यमामिक तह सम्म रंगेलीकै माउन्ट मकालु बोर्डीङ स्कुलमा अध्यन गरेका साजिदले सोही स्कुलबाट २०६७ सालमा एसएलसी सम्मको अध्यन गरेका छन् । एसएलसी उतिर्ण गरेपछी विराटनगरमा स्थायी बसोबास गर्दै आएका साजिदले +२ विराटनगरकै मेरिल्याण्ड उच्च मा.वि. बाट २०६९ सालमा उतिर्ण गरे ।
त्यसपछी विराटनगरको सास्थम कलेजबाट भर्खरै उनले बि.बि.ए सम्मको अध्यन पुरा गरेका छन् । सानैदेखी मोडलिङमा रुची राख्दै आएका आलम फिल्मी क्षेत्रमा आफ्नो केरियर बनाउने सोचमा छन् ।
मोडलीङ र विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएका उनै साजिदले झण्डै आधादर्जन बढी म्युजिक भिडियोहरुमा अभिनयसमेत गरिसकेका छन् । पहिलो पल्ट कार्पेट फेसन सो मा सहभागि भएका साजिदले न्यू इयर फेसन फेस्टीभमा, फेसन रनवेलगायत २ दर्जन वढी सोहरुमा कोरियोग्राफी गरिसकेका छन् ।
उनले २०७१ सालदेखी सञ्चालन हुँदै आएको पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्समा कोरियो ग्राफि गरेका छन् । सन् २०१७ मा सम्पन्न म्यान हन्ट इन्टरनेशनलमा सेकेन्ड रनरअप भएका साजिद भर्खरै म्यानमारमा सम्पन्न मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाई सकेका छन् । मिस्टर इन्टरनेशनलमा विश्वका ४३ देश सहभागि थिए ।
मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतलेनै विदाई गरेका थिए ।
विभिन्न प्रतियोगितामा सहभागी भइ राष्ट्रिय स्तरमा उपाधी जित्ने र अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाउने उनी प्रदेश १ मै पहिलो र मोरङबाट सन २०१७ मा मिस नेपाल हुने निकिता चाण्डक पछी पहिलो हुन् । भविष्यमा नेपाली फिल्म उद्योगमै आफ्नो केरियर बनाउने चाहना राखेका साजिद आलमलाई नेपाल टाइम्सको पनि शुभकामना ।