२ मंसिर, विराटनगर । प्रदेश १ मा मंगलबार ७ सय ४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ । प्रदेश १ म मंगलबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा मंगलबार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
हालसम्म १ लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।