विराटनगर,जेठ ५ ः प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । १९५० को सन्धि फेर्न भारत सहमत भइसकेकोले अब विराटनगरको फिल्ड अफिस पनि उठ्ने बताए ।
२०६५ साल भदौमा आएको बाढीले कोशी ब्यारेज भत्किएपछि सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिनका लागि भनेर भारतीय दूताबासले फिल्ड अफिस खुले पनि अझैसम्म यो हटेको छैन ।
परराष्ट्रमन्त्री भएको बेला नारायणकाजी श्रेष्ठले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए ।
तर, भारतले न पत्रको जवाफ दियो, न कार्यालय नै हटाएको छ ।
नेकपा अध्यक्ष ओलीले नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको भन्दै राष्ट्रिय हितबाहेक आफ्ना अरु कुनै स्वार्थ नबोकेको बताए ।