विराटनगर,जेठ ७ ः नेपाल मुस्लिम संघ मोरङले नेपालमा स्थापित मुस्लिम जातिको धार्मिक पहिचान सरकारले खोसेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
सरकारले संविधानको मर्म विपरित मुस्लिम समुदायका विदा कटौती गरेको प्रति आपत्ति जनाउँदै मुस्लिम संघले विदा तत्काल फिर्ता गर्न माग गरेको छ ।
मुस्लिम संघले आफ्ना मागहरु सम्बोधन गरिनुपर्ने भन्दै सोमबार ¥याली निकालेर विरोध प्रर्दशन गर्नुका साथै माग सम्बोधन गर्न दबाब स्वरुप जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
¥यालीमा सहभागीहरुले देश गणतन्त्र अवस्थामा रहेतापनि नेपाली मुस्लिमहरुले गणतन्त्रको स्वाद अहिलेसम्म चाख्न नपाएको भन्दै आक्रोश ब्यक्त गरे ।
सरकारले ईद,बकरईद,हजरत महम्मद जयन्तीको विदा कायम गर्नुपर्ने,मुस्लिम आयोग गठन गर्नुपर्ने जस्ता माग राख्दै मुस्लिम संघले आन्दोलन थालेको हो ।
सरकारले माग पुरा नगरे कडाभन्दा कडा आन्दोलनमा उत्रिने समेत मुस्लिम समुदायले चेतावनी दिएको छ ।
सरकारले यसपालि मुस्लिम समुदायका चाड ईद,बकरईद,हजरत महम्मद जयन्तीको विदा कटौती गरेको थियो ।