विराटनगर, जेठ ८ः मोरङको मिक्लाजुङ गाउँपालिका –८ तोरीबारीमा ट्याम्पु दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन।
सोमबार साँझ मधुमल्ला – तोरीबारी सडक खण्डमा मधुमल्लाबाट तोरीबारीतर्फ जादै गरेको मे १ ह ८६८१ नम्बरको ट्याम्पु स्थानीय देवकोटा चोकमा साँझ ६ः३० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी ईलाम चुलाचुली गाउँपालिका ६ साक्फारा बस्ने ७० वर्षीय हर्कबहादुर बोहोराको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा मृत्यु भएको छ ।
उक्त दुर्घटनामा चुलाचुली–६ साक्फारा बस्ने ५८ वर्षीया कमला बोहोरा, मोरङ मिक्लाजुङ गाउँपालिका–९ बस्ने २२ वर्षीया पूर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षीया सुभद्रा कार्की घाईते भएका छन् ।
घाइतेरहुको मधुमल्लास्थित साझा अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । ट्याम्पुका चालक मोरङ मिक्लाजुङ ९ मधुमल्ला बस्ने वर्ष २६ को लक्ष्मी तामाङ ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् ।