२० मंसिर, इटहरी ।
इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ ।
इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो ।
समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम,याम सुब्बा,ईश्वर भटटराई,हेमकर्ण पौडेल,रोहित प्रसाँई,हेम घिमिरे,भीम पौडेल,धु्र्रव सुब्बा,मेदनी सिटौला र वजरंग अग्रवाल रहेका छन ।
श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपाल द्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति वनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ ।
सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता,प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोखरेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा,लिलम वस्नेत रहेका छन ।
हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले वैठकमा हस्पिटलको अवधारणा पेश गरेका थिए ।