विराटनगर,जेठ ११ ः जथाभावी सडकमा भएका खाल्डाखुल्डी तथा पानी जमेर हिलाम्मै भएको सडक ब्यबस्थापनमा विराटनगर महानगरपालिकाले ध्यान नदिए पछि स्थानियले आक्रोश पोखेका छन् ।
विराटनगर महानगरपालिका –११ महेन्द्र चौक नजिकै सडकमा हिलो जमेर बाटो हिँड्नै नसक्ने अबस्था आएपछि महानगरले बाटो नबनाएसम्म बाटो नखोल्ने भन्दै शनिबार स्थानियले बाटो बन्द गरेका हुन् ।
उक्त सडकमा पाईप फुटेर हिलाम्मै भएको धेरै समय भएपनि महानगरले त्यसको ब्यबस्थापनको लागि केही काम गरेको छैन ।
सडकमा मानिस त के ठुला सवारी समेत हिलोले फस्ने गरेका छन् । यति लामो समयसम्म पनि मर्मत नगरेको प्रति स्थानियको गुनासो छ ।