महानगरको ध्यानाकर्षण गराउन स्थानियद्धारा बाटो बन्द

महानगरको ध्यानाकर्षण गराउन स्थानियद्धारा बाटो बन्द

विराटनगर,जेठ ११ ः जथाभावी सडकमा भएका खाल्डाखुल्डी तथा पानी जमेर हिलाम्मै भएको सडक ब्यबस्थापनमा विराटनगर महानगरपालिकाले ध्यान नदिए पछि स्थानियले आक्रोश पोखेका छन् ।


विराटनगर महानगरपालिका –११ महेन्द्र चौक नजिकै सडकमा हिलो जमेर बाटो हिँड्नै नसक्ने अबस्था आएपछि महानगरले बाटो नबनाएसम्म बाटो नखोल्ने भन्दै शनिबार स्थानियले बाटो बन्द गरेका हुन् ।

उक्त सडकमा पाईप फुटेर हिलाम्मै भएको धेरै समय भएपनि महानगरले त्यसको ब्यबस्थापनको लागि केही काम गरेको छैन ।

सडकमा मानिस त के ठुला सवारी समेत हिलोले फस्ने गरेका छन् । यति लामो समयसम्म पनि मर्मत नगरेको प्रति स्थानियको गुनासो छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.