प्रदेशको सुरक्षा रणनीति बनाउन विराटनगरमा सुरक्षा गोष्ठी

प्रदेशको सुरक्षा रणनीति बनाउन विराटनगरमा सुरक्षा गोष्ठी

विराटनगर, जेठ १८
प्रदेश संरचनाअनुसार सुरक्षा व्यवस्था थप सुदृढ वनाउने उद्देश्यले विराटनगरमा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ ।

गृह मन्त्रालयको आयोजनामा गरिएको उक्त गोष्ठीको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका हुन् ।

गोष्ठीमा एक नम्बर प्रदेशका १४ वटै जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ वनाउन प्रदेशको सुरक्षा अवस्था तथा चुुनौतीवारे छलफल हुने जनाइएको छ ।

गोष्ठीमा नेपाल प्रहरीका प्रहरी प्रमुख एवं प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, सशत्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका प्रमुुखलगायत एक नम्वर प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखहरुको सहभागिता रहेको छ ।

गोष्ठीमा एक नम्वर प्रदेशको समग्र सुरक्षाको अवस्थाको वारेमा जानकारी लिने र थप सुुरक्षा व्यवस्थाको ढाँचा कस्तो वनाउने विषयमा छलफल हुने जनाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.